हिउँ पीडितको प्रहरीद्वारा उद्धार «

हिउँ पीडितको प्रहरीद्वारा उद्धार

दोलखा– हिमपातपछि सवारी साधन चल्न नसकी दोलखाको कालिञ्चोक क्षेत्रमा अलपत्र परेका पर्यटकलाई दोलखा प्रहरीले उद्धार गरेको छ ।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव पाठकसहितको टोलीले आइतबार अलपत्र परेका ९७ जना पर्यटकको उद्धार गरेको हो । अलपत्र परेका पर्यटकलाई सदरमुकाम चरिकोटसम्म ल्याउनुका साथै फसेको ३ वटा बोलेरोसमेत उद्धार गरेको डीएसपी पाठकले बताए । उनका अनुसार आफूखुसी चर्काे भाडा लिइ यात्रुलाई ठग्न खोज्ने ५ वटा भाडाका सवारी साधनलाई पनि कारबाही गरिएकोे छ ।
बीच बाटोमै फसेपछि भोकै रहेका पर्यटकलाई पानी, चाउचाउ र बिस्कुटजस्ता खाद्यान्न वितरण गरिएको छ । केही दिनअघि हिमपात भएपछि कालिञ्चोक जाने पर्यटकको संख्या वृद्धि भएको छ । प्रहरीसँगै प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले संयुक्त शिविर गरी हिउँमा फसेकालाई उपचार र औषधि वितरण गरेको छ ।
भौगोलिक अवस्था जानकारी नहुँदा हिउँ परेर धेरै पर्यटक कालिञ्चोकमा फसेका थिए । सडकमा हिउँले चिप्लो बाटो कारण सयौं मोटरसाइकलसमेत अलपत्र परेका छन् । हिउँ परेको खबर प्राप्त हुनासाथ हिउँको मज्जा लिन काठमाडौं लगायतका ठाउँबाट कालिञ्चोक क्षेत्रमा हजारौं पर्यटक पुगेका छन् । हिउँकै कारण केही दिनयता कालिञ्चोकमा पर्यटकको छ । कुरीका होटल भरिभराउ रहेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्