प्रभावकारी भएन रक्तसञ्चार केन्द्र «

प्रभावकारी भएन रक्तसञ्चार केन्द्र

लमजुङ-लमजुङ जिल्ला सामुदायिक अस्पतालमा स्थापना गरिएको रक्तसञ्चार केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुुन सकेको छैन । अस्पतालमा उल्लेख्य मात्रामा रगत खपत नहुने भएकोले रक्तसञ्चार केन्द्र प्रभावकारी कार्यन्वयनमा नआएको हो ।
६० प्याक क्षमता भएको सो रक्त सञ्चार केन्द्र रक्तदान गर्ने ब्यक्तिको अभाव र अस्पतालमा रगत खपत कम हुने हुनाले प्रभावकारी सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ । अस्पतालमा वर्षभरि नै पर्याप्त मात्रमा शल्यक्रिया नहुने हुनाले आवश्यकता अनुसार मात्र रगतको संकलन गर्ने गरिएको अस्पतालाले जनाएको छ ।
वर्षभरि नै रगतको आवश्यकता पर्ने बिरामी नआउने हुनाले क्षमताअनुसारको रक्तसञ्चार केन्द्रमा रगत संकलन नगरिएको अस्पताल प्रशासन संयोजक हेमन्त श्रेष्ठले बताए । “अस्पतालमा रगत चाहिएको अवस्थामा बिरामीको सम्बन्धित ब्यक्तिलाई रक्तदान गर्न आगं्रह गर्ने गरिएको छ,” श्रेष्ठले भने, “जनचेतनाको कमीले गर्दा सम्बन्धित ब्यक्ति आफंै रक्तदान गर्न डराउँछन्, त्यस्तो अवस्थामा कर्मचारी आफैंले पनि रक्तदान गर्ने गरेका छन् ।”
जिल्लामा रक्तसञ्चार केन्द्रको स्थापना भए पनि रक्तदानसम्बन्धी उत्प्रेरणा कार्यक्रम सञ्चालन हुन सकेका छैनन् । जसले गर्दा रक्तदाताको अझै अभाव छ । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना भएपछि विभिन्न निकाय, क्लब तथा संस्थाले समय सापेक्ष रक्तदान कार्यक्रम गर्दै आए पनि रगत खपत हुन नसक्नाले पछिल्लो समय यस्ता कार्यक्रम पनि आयोजना हुन छाडेका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङ, तत्कालीन जिल्ला विकास समिति, रोट्रयाक्ट क्लबलगायतले रक्तसञ्चार केन्द्र स्थापनाको लागि पहल गरे पनि पछिल्लो समय यसलाई ब्यस्थित गराउन कसैले चासो नदिँदा रक्तसञ्चार केन्द्र प्रभावकारी हुन नसकेको बताइएको छ । रक्तदान नगेरमा पनि शरीरमा भएको रगत खेर जाने स्वास्थ्यकर्मीहरू बताउँछन् । कतिपय मानिस कमजोर हुने डरले तथा विभिन्न कारणले रक्तदान गर्न डराउँछन् । युवामा रक्तदानसम्बन्धी अझै चेतना तथा उत्पे्ररणको आवश्यकता देखिएको अस्पतालले जनाएको छ ।
समय सापेक्ष नियमित रक्तदातालाइ सम्मान तथा प्रमाणपत्र मात्र प्रदान गर्ने जस्ता उत्पे्ररणका कार्यक्रम गर्ने हो भने पनि धेरैमा चेतना आउनुका साथै रक्तदाताको संख्यामा वृद्धि हुने सरोकारवाला बताउँछन् ।
सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्