बसुन्धरामा अन्नपूर्णा मार्ट सञ्चालन «

बसुन्धरामा अन्नपूर्णा मार्ट सञ्चालन

काठमाडौंको बसुन्धारा चौकीमा अन्नपूर्णा स्टोर्स प्रालि ९मार्ट० ले सुपथ मूल्यमा दैनिक उपभोग्य खाद्य र ग्रोसरी सामग्रीको बिक्री सेवाको सुरुवात गरेको छ ।
निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई लक्षित गरी खाद्य सामग्री र ग्रोसरी बिक्री सुचारु गरेको कम्पनीले जनाएको छ । मार्टबाट होलसेल मूल्यमा निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई दैनिक उपभोग्य खाद्य तथा ग्रोसरी सामग्री खुद्रा मूल्यमा उपलब्ध गराउने मार्टका प्रमुख दीपक न्यौपानेले जानकारी दिए ।
कम्पनीले भैरहवामा २ वटा मार्ट सञ्चालनमा ल्याएको जनाएको छ । काठमाडौंका विभिन्न ५ स्थानमा थप आउलेट स्थापना गर्ने प्रमुख न्यौपानेले जानकारी दिए ।
मार्टहरुमा कृषिसँग सम्बन्धी डेरी प्रोडक्ट राखिने कम्पनीले जानकारी दिएको छ । मार्टमा हरेक सामानमा विशेष छुट रहेको र चाडपर्वको अवसर पारेर ३ हजार रुपैयाँसम्मको खरिदमा १ केजी चिनी सित्तैमा र ५ हजार रुपैयाँसम्मको खरिदमा २ केजी चिनी सित्तैमा अफर पनि सार्वजनिक गरेको छ । मार्टमा उपलब्ध सामग्रीहरु अन्य स्थानमा भन्दा ५ देखि २० प्रतिशतसम्म सस्तो रहेको सञ्चालक इश्वर जैसवालले जानकारी दिए । अधिकत्तम खुद्रा मूल्यभन्दा पनि सस्तोमा सम्पूर्ण सामग्री मार्टमा उपलब्ध रहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्