सुजुकीको दसैं अफर «

सुजुकीको दसैं अफर

सुजुकी मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्राण्ड सुजुकीका लागि दसैं तिहारलाई मध्यनजर गर्दै ‘दसैं आयो उमंग छायो क्यास ब्याकको साथै बुम्पर पायो’ उपहार योजना ल्याएको छ ।
यस उपहार योजनाअन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ क्यासब्याक पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्टु«डर बाइक पाउने पक्का रहेको कम्पनीले जनाएको छ । साथै एक वर्षको सवारी कर तथा फाइनान्स र सट्टापट्टाको सुबिधासमेत रहेको कम्पनीले जनाएको छ ।
‘दसैं आयो उमंग छायो क्यासब्याकको साथै बुम्पर पायो’ अन्तर्गत ग्राहकले झन्झट बिना हरेक खरिदमा १० हजार रुपैयाँ क्यासब्याक पाउनेछन् । यस्तै हरेक दुई हप्तामा फेसबुक लाइभबाट बम्पर पुरस्कारको रुपमा इन्टु«र बाइक जित्ने छन् ।
सुजुकीले उत्पादन गर्दै आएका ब्राण्ड उत्कृष्ट र नेपाली बजार सुहाँउदो रहेको कम्पनीको दावी छ । बीएस ६ भेरियन्ट उत्पादन पनि गर्दै आएको सुजुकी ब्राण्डमा ग्राहकहरुको विश्वास बढ्दै गएको अवस्थामा यो योजनाले थप फाइदा पुग्ने विस्वास लिएको कम्पनीका जनरल म्यानेजर धिरज भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्