मुक्तिनाथको ऋणपत्र सूचीकृत

मुक्तिनाथ विकास बैंक र नेपाल स्टक एक्सचेञ्जबीच ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर (ऋणपत्र) २०८४/८५ को क्रम संख्या १ देखि १२,५०,००० सम्मको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको कुल १२ लाख ५० हजार कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ ।
बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुला बिक्री आह्वान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको भदौ १५ गतेको निर्णयानुसार सूचीकरण भएको बताइएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न आफ्ना देशभर रहेका एटीएम कार्ड नेपालभर रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम्बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङलगायतक सेवा पनि यसअघिदेखि नै सञ्चालनमा ल्याएको जनाएको छ ।