माछापुच्छ्रे बैंकका शाखारहित बैंकिङ सेवा थपिए «

माछापुच्छ्रे बैंकका शाखारहित बैंकिङ सेवा थपिए

माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले गोरखाको पालुङ्गटार नगरपालिका ६, काठमाडौंको कीर्तिपुर नगरपालिकाको मैत्रीनगर, नुवाकोटको लिखु गाउँपालिका २ थानसिंह, चितवनको रत्ननगर नगरपालिका ५, जुवाली, र रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलवस्तुको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहाको सुखिपुर नगरपालिका २ छजना चोकमासमेत गरी ७ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा संख्या १७२ पुगेको छ ।
ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्