महिन्द्राको एमकेयर भ्यान सेवा सार्जजनिक «

महिन्द्राको एमकेयर भ्यान सेवा सार्जजनिक

महिन्द्राको एमकेयर भ्यान सार्वजनिक भएको छ । नेपालका लागि महिन्द्रा कमर्सिययल सवारीको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्सले उक्त सेवा बजारमा ल्याएको हो । एमकेयर भ्यानको उद्घाटन विवेक दुगड (एमडी, दुगड ब्रदर्स एन्ड सन्स), चैतन्य कागल्कार (कन्ट्री हेड नेपाल र भुटान), राजेन्द्र अभिजित (स्पेर पार्ट्स हेड, महिन्द्रा ), तपस पट्नायक (कन्ट्री सर्भिस म्यानेजर), शम्भु सुवेदी (हेड अफ अप्रेशन दुगड ब्रदर्स एन्ड सन्स) र सुदिपराज सुवेदी (नेपाल सर्भिस हेड, दुगड ब्रदर्स एन्ड सन्स) ले संयुक्त रूपमा गरेका हुन् । एमकेयर भ्यान उच्च प्रविधिमा निर्माण गरिएकाले ग्राहकको आवश्यकता पूरा गर्न सक्ने कम्पनीले जनाएको छ । चुनौतीपूर्ण सडक स्थिति, कुशल सेवा सुविधा र पहुँच सीमा अवधिलाई विशेष ध्यानमा राख्दै एमकेयर भ्यानले ग्राहकलाई सरल सुलभ सेवाको अनुभव प्रदान गर्न र कम डाउनटाइमको साथ छिटो सेवा प्रदान गर्नेछ ।
उक्त भ्यानले स्थानीय वर्कशपहरूमा पनि टेक्निकल क्षमताको निर्माण गर्न महिन्द्राका प्रशिक्षित विशेषज्ञ द्वारानवीनतम प्रविधि र उपकरणहरूको माध्यमले प्रशिक्षण दिनेछ । पहिलो चरणमा २० जिल्लाका १ सय ५० वटा स्थानीय टेक्निसियन, २ सय चालक, ५ प्राविधिक संस्थान र ग्राहकको पहुँचमा पुग्ने मुख्य उद्देश्य छ ।

प्रतिक्रिया दिनुहोस्