उडानले जोड्यो आर्थिक र पर्यटनको सम्बन्ध «

उडानले जोड्यो आर्थिक र पर्यटनको सम्बन्ध

स्थल मार्गपछि सिमरा–पोखरा हवाई मार्गको उडानले बारा–पर्सा र पोखराबीच आर्थिक र पर्यटकीय सम्बन्ध बढेर जाने निश्चित बनेको छ ।
मुलुककै आर्थिक राजधानी वीरगन्ज र पर्यटकीय राजधानी मानिने पोखराबीचको हवाइ मार्गबाट उद्योगी, व्यापारी, भारतीय, तथा तेस्रो मुलुकका पर्यटक लाभान्वित हुने हुँदा व्यावसायिक सम्बन्ध बलियो बन्ने निश्चित देखिएको हो ।
पहिलो उडानमै तीन दिनका लागि गण्डकी प्रदेशबाट आएको जनप्रतिनिधिसहित उद्योगी, पर्यटन व्यवसायीको टोलीले बारा पर्साको अवलोकनपछि बाराको सिमरामा आयोजित कार्यक्रममा उडानको विविध पक्षाका बारेमा छलफल गरेका छन् ।
छलफलमा गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा आपुर्ती मन्त्री मणिभद्र शर्माले सिमरा–पोखरा हवाई उडानले दुवै प्रदेशबीचका सम्बन्धलाई थप प्रगाढ बनाउँदै पर्यटकीय साझेदारीका साथै औद्योगिकलगायतका हरेक क्षेत्रमा साझेदारी बढ्ने विश्वास व्यक्त गरे । उनले तीनै तहको सरकार उद्योगी, पर्यटन व्यवसायीसँग दुवै प्रदेश सरकारको विशेष भूमिका आवश्यक रहेको बताए ।
नाट्टाका केन्द्रिय अध्यक्ष अच्युत गुरागाईले सिमरा–पोखरा हवाई उडानको दुवै प्रदेशमा प्रचार हुनुपर्ने भन्दै यसको तयारीमा प्रदेश सरकार लाग्नुपर्ने बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्राईले सिमरा–पोखरा हवाई उडानले तेस्रो देश तथा भारतीय पर्यटकको आवागमन थप सहज हुने बताए ।
नाट्टा प्रदेश–२ का अध्यक्ष मोहन शर्माले पोखरा–सिमरा उडानका लागि नाट्टाका तर्फबाट निरन्तर प्रयास भएको जनाउँदै आगामी दिनमा यो उडानलाई व्यवस्थित र निरन्तरता गराउनेतर्फ ध्यान दिनुपर्ने बताए । उनले सीधा उडानबाट गण्डकी प्रदेश

प्रतिक्रिया दिनुहोस्