म्याग्दीमा कांग्रेसको ४३ वडामा नेतृत्व र प्रतिनिधि चयन «

म्याग्दीमा कांग्रेसको ४३ वडामा नेतृत्व र प्रतिनिधि चयन

नेपाली कांग्रेस म्याग्दीले ४५ वडामध्ये ४३ वडामा नेतृत्व चयन भएको छ । शुक्रबार आयोजित वडा अधिवेशनबाट ४१ वडामा सर्वसम्मत र दुई वडामा निर्वाचनसहित ४३ वडामा नेतृत्व चयन गरेको हो ।
नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले मतदान प्रक्रियाबाट बेनी नगरपालिका–५ पुलाचौरमा यामबहादुर बानियाँ र अन्नपूर्ण गाउँपालिका–६ घारमा कृष्णप्रसाद बरुवाल वडा सभापतिमा निर्वाचित भएको थिए भने अन्य सर्वसम्वत रुपमा नेतृत्व चयन भएको बताए । क्रियाशील सदस्यता नामावली नवीकरण नभएको कारणले अन्नपूर्ण गाउँपालिका–१ दोबा र ८ राम्चेको अधिवेशन रोकिएको थियो । दोबा र राम्चेको अधिवेशन पनि भदौ २३ गतेभित्र नै गर्न सदस्यता नवीकरणका लागि केन्द्रीय समितिमा पहल गरेको भएको पाटी कार्यालयले जानकारी दिएको छ ।
धौलागिरि गाउँपालिकाको गुर्जामा केआइसिंह छन्त्याल, लुलाङमा ज्ञानबहादुर पाइजा, मुनामा जंगबहादुर भण्डारी, मुदीमा योगेन्द्र घर्ती, मल्कवाङमा अमर छन्त्याल, मराङमा योगेन्द्र गुरुङ र ताकममा थमबहादुर पुन वडा एकाइ सभापतिमा चयन भएका काँग्रेसको पालिका सभापति प्रेम पुनले जानकारी दिए ।
मगंलामाको कुहुँमा रामबहादुर खत्री, बाबियाचौरमा श्रीभद्र शर्मा, बरंजाको ३ मा टेकबहादुर छन्त्याल, ४ मा लालबहादुर रोका र अर्मनमा तुलसीराम कँडेल सभापतिमा चयन भएका छन् ।
मालिका गाउँपालिकाको निस्कोटमा भबहादुर पुन, रुममा चन्द्रबहादुर पुन, डाँडागाउँमा हरिप्रकाश पुन, ओखरबोटमा तमबहादुर पुन, देविस्थानमा भकबहादुर घर्ती, दरबाङमा गोपाल गौतम र बीममा टुकमान गर्बुजा वडा सभापति चयन भएका छन् ।
रघुगंगा गाउँपालिकाको बेगमा सूर्य गर्बुजा, भगवतिमा राजकुमार भण्डारी, पिप्लेमा अशोककुमार शाही, दग्नाममा कृष्ण गर्बुजा, झिँमा गोविन्द पाइजा, पाखापानीमा भेषकुमार शेरपुञ्जा, चिमखोलामा प्रदीप पाइजा र कुँयनेमंगलेमा गमान छन्त्याल चयन भएका छ ।
अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानीमा रेखिराम पुर्जा, दानामा सुरत केसी, नारच्याङमा समप्रसाद पुर्जा, शिखमा अर्जुन चोचाङ्गी, घारमा कृष्णप्रसाद बरुवाल र हिस्तानमा खुमबहादुर पुर्जा वडा सभापतिमा चयन भएका छन् भने दोवा र राम्चेमा सदस्य नविकरण भएपछि हुने म्याग्दीका सह–सचिव भरत रकालले बताए ।
बेनी नगरपालिकाको रत्नेचौरमा कोमल थापा, ज्यामरुककोतमा यामबहादुर कार्की, भकिम्लीमा जसबहादुर पुन, सिगांमा सुमन बानियाँ, अर्थुङ्गेमा जीवन पौडेल, बेनी– ७ मा रमेशकुमार श्रेष्ठ, ८ मा हिमबहादुर भण्डारी, घतानमा सुवर्ण खत्री र पात्लेखेतमा शिवबहादुर शाही सभापतिमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्