धर्मनिरपेक्षता र संघीयता खारेज गरौं : थापा «

धर्मनिरपेक्षता र संघीयता खारेज गरौं : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रूपमा राजसंस्था रहने तथा धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन् ।
मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ’ख’ पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकका लागि अनावश्यक बोझ भएको बताए । मुलुकमा ब्रम्हलुटको अवस्था रहेको, महालेखा परीक्षकको प्रतिबेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने टिप्पणी गरे । राजनीतिलाई भ्रष्टाचारतर्फ उन्मुख गराउने निर्वाचन प्रणालीले नेता, भ्रस्टाचारि, माफिया, कर्मचारी र बिचौलियाको गठबन्धन झन् बलियो बनाउनेतर्फ सजग हुनुपर्ने बताए ।
करोडौं खर्च गरेर चुनाव जित्नेहरूको ध्यान कमाउनेतर्फ केन्द्रित हुने भन्दै थापाले राजनीतिलाई कमाई खाने माध्यम बनाउन नहुने बताए । दार्चुलाका जय सिंह धामीलाई न्याय दिने विषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको उनको टिप्पणी छ थियो ।

प्रतिक्रिया दिनुहोस्