नेचर सुपर मार्केटको तीज विशेष अफर «

नेचर सुपर मार्केटको तीज विशेष अफर

नेचर सुपर मार्केटले तीजलाई लक्षित गरेर ‘तीज विशेष अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले सामान खरिदमा तीज विशेष उपहार प्राप्त गर्नेछन् । भदौ १५ गतेबाट सुरु भएको अफर भदौ ३१ गतेसम्म जारी रहने सञ्चालक तारामान धामीले जानकारी दिए ।
अफर अन्तर्गत एक हजार ५ सय रुपैयाँदेखि २ हजार ४ सय ९९ सय रुपैयाँसम्मको सामान खरिदमा ग्राहकले पोते उपहार प्राप्त गर्नेछन् । २ हजार ५ सय रुपैयाँदेखि ४ हजार ९ सय ९९ रुपैयाँसम्मको सामान खरिदमा टीका र चुरा उपहार प्राप्त गर्नेछन् भने ५ हजार रुपैयाँ भन्दा माथिको सामान खरिदमा टीका, चुरा र पोते उपहार प्रदान गरिनेछ ।
नेचर सुपर मार्केटको मुख्य शाखा मैतीदेवी र शाखा नरेफाँट दुवै ठाउँमा यो अफर लागु हुनेछ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको सुपर मार्केटले दैनिक उपभोग्य र ग्रोसरी सामान सुपथ मूल्यमा बिक्री गर्दै आइरहेको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै होम डेलिभरीको सुविधा निःशुल्क उपलब्ध रहेको धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्