स्वास्थ्य परियोजना निर्माण गर्न सम्झौतापत्रमा हस्ताक्षर «

स्वास्थ्य परियोजना निर्माण गर्न सम्झौतापत्रमा हस्ताक्षर

स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
ललितपुर, नुवाकोट, रसुवा र धादिङ जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना निर्माण हुनेछन् । यसैगरी ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंसल र केन्द्रीय आयोजना कार्यान्वयन इकाईका परियोजना निर्देशक श्यामकिशोर सिंहको उपस्थितिमा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
२०७२ सालको भूकम्पले क्षति पुगेका यी परियोजनाको चार अर्ब २० करोड अनुदान सहयोगमा पुनर्निर्माण गरिने छ । दुवै स्वास्थ्य तथा सांस्कृतिक सम्पदा परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई रहेको छ । उक्त कार्यक्रममा भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारी तथा भारत सरकारको परियोजना परामर्शदाताका प्रतिनिधिले सहभागिता जनाएका थिए ।
शिक्षा, सांस्कृतिक सम्पदा, स्वास्थ्य क्षेत्रका लागि ५० मिलियन अमेरिकी डलर र आवास क्षेत्रका लागि एक सय मिलियन अमेरिकी डलरका दरले भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत कुल २५० मिलियन अमेरिकी डलर विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्