अमेरिकाले पुटिन निकट फर्मको प्रतिबन्ध हटायो «

अमेरिकाले पुटिन निकट फर्मको प्रतिबन्ध हटायो

वासिङटन-अमेरिकाले आल्मुनियम कम्पनी यूएस रुसल, एन+ग्रुप र जेएससी युरो सिब इनेर्गोमाथिको प्रतिबन्ध हटाएको छ । डेरिपास्काले आफ्नो नेतृत्व छोडेपछिको अवस्थामा प्रतिबन्ध हटाइएको हो ।
इनेर्गोमाथि अमेरिकी निर्वाचानमा हस्तक्षेप गरेको आरोप लागेको थियो । डेमोत्र्mयाटहरुले भने प्रतिबन्धलाई निरन्तता दिनुपर्ने बताउदै आएका थिए ।
तर ट्रेजरी विभागले भने उनीमाथिको प्रतिबन्ध भने कायमै रहने जनाएको छ ।
रुसी राज्य संलग्नतामा विश्वभरीबाट लाभ लिएको आरोपमा यी कम्पनीहरुलाई ट्रम्प प्रशासनले निशाना बनाएको थियो । उक्त आरोपमा यी कम्पनीहरुलाई गत अप्रिलमा कालोसूचीमा समावेश गरिएको थियो ।
यसमा २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप भएका कम्पनीहरुका साथासथै अन्तर्राष्ट्रिय साइबर हमलाको आरोप लागेका कम्पनीहरु रहेका छन् ।
यो महिनाको सुरुमा अमेरिकी सिनेटका रिपब्लिकनहरुले रुसल बिरुद्धको नाकाबन्दीलाई निरन्तरता दिने विषयमा अवरोध गरेका थिए । रुसल विश्वकै दोस्रो ठूलो आल्मुनियम फर्म हो ।
रिपब्लिकन र ट्रम्प प्रशासनले यो कम्पनीमाथिको नियन्त्रणले विश्वव्यापी आल्मुनियम उद्योगमा असर पार्ने बताउदै आएका छन् । डेरिपास्काले उक्त फर्ममाथिको हिस्सा घटाएको र लामो समयसम्म कम्पनीमाथि उनको नियन्त्रण नहुने तर्क उनीहरुले राख्दै आएका छन् । रिपब्लिकन र ट्रम्प प्रशासनले यसलाई प्रतिबन्धले काम गरेको संकेतको रुपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्