सेयरमा प्यान लगाउन पूर्वतयारी आवश्यक «

सेयरमा प्यान लगाउन पूर्वतयारी आवश्यक

सेयर बजार निरन्तर घट्न थालेपछि सेयर लगानीकर्ताहरूले आन्दोलन गरेर बजारसँग सम्बन्धित केही माग पूरा गरेको भए पनि बजारमा अझै सुधार आउन सकेन । पछिल्लो समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सुरु गरेको अनलाइन कारोबार प्रणालीमा बारम्बार समस्या आउने तथा प्यान अनिवार्य गर्ने भनिएपछि पुनः नकारात्मक देखिएको छ । लगानीकर्ताको आन्दोलनपछि केही सुधारको गतिमा आएको सेयर बजार पुनः १२ सयभन्दा तल झरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुद्रा र पुँजी बजारमा देखिएका प्रवृत्तिहरूको अध्ययन गर्न गठन गरेर बजारका माग सम्बोधन गराएका थिए । सेयर धितो कर्जाको जोखिम भार १ सय ५० प्रतिशतबाट घटाएर १ सय प्रतिशतमा झार्ने, हकप्रद र बोनस सेयर समायोजनका कारण मूल्य घट्दा पनि आउने मार्जिन कल अन्त्य गर्ने, कोर क्यापिटलको ४० प्रतिशतसम्म सेयरमा लगानी गर्न पाइने, धितोपत्र दललालमार्फत मार्जिन ल्यान्डिङको काम सुरु गर्ने मार्जिन ल्यान्डिङमा मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा दिन व्यवस्था गरेको थियो । महँगी र बचतको ब्याजदर टाइअप गरेर लैजाने, मुद्दती निक्षेपको सन्दर्भमा पनि बचतको भन्दा धेरै ब्याजदर हुनुपर्ने लगायतका व्यवस्था गरेको भए पनि बैंकहरू कर्जाका ब्याजदर भने घटाएका छैनन् । बैंकहरूले निक्षेपको ब्याजदर कम गरेको भए पनि कर्जाको घटाउँदा त्यसको असर सेयर बजारमा पनि देखिएको हो । बैंकहरूले उच्च दरमा लिएको निक्षेपलाई कर्जा लगानी गर्दा पनि ब्याजदर उच्च लिनुपर्ने भएकाले पनि नघटाएका हुन् । पुँजीबजार तथा वित्तीय स्थायित्वका लागि गम्भीर हुनुपर्ने समेत समितिको सुझाव छ । समितिले पुँजीबजारको दीर्घकालीन सुधारका लागि नागरिक लगानी कोय र सञ्चय कोषलाई मार्केट मेकर बनाउनुपर्ने र ब्रोकर, सञ्चय कोष, सामाजिक सुरक्षा कोषलाई स्टक डिलर बनाउने भनेको काम केही हदसम्म सुरु भइसकेको भए पनि बजार भने सुधारको गतिमा देखिन सकेन । पछिल्ला दिनहरूमा सेयर बजार निरन्तर घट्दो क्रममा छ । त्यसका साथै कारोबार रकममा पनि कमी आएपछि लगानीकर्ता थप त्रसित हुन पुगेका छन् । आइतबार नेप्से सूचक १०.६८ अंकले ओरालो लाग्दा सम्पूर्ण सूचक तथा उपसूचक नै ओरालो झरेका छन् । कारोबार सुरु भएदेखि नै घट्न थालेको सेयर बजारमा १६४ कम्पनीको ३४ करोड ३ लाख रुपैयाँको मात्र कारोबार भएको छ । शुक्रबार नेप्से पुगेका लगानीकर्ता आइतबार नेपाल धितोपत्र बोर्डमा प्यानका बारेमा छलफल गर्न पुगे । प्यानले सेयर बजार थप ओरालो लाग्ने भन्दै बोर्डमा लगानीकर्ताले तत्काल अघि नबढाउन आग्रह गरेका छन् । बोर्डले लगानीकर्तासहित अर्थ मन्त्रालय र नेपाल स्टक एक्सचेन्जका पदाधिकारीहरूलाई बोलाएर छलफल गर्ने सहमति भएको छ । सेयर बजारमा हकप्रद, बोसन तथा नयाँ निष्कासनका कारण धितोपत्रको आपूर्ति पनि बढेपछि नेप्से घट्दो क्रममा देखिएको हो । २०७३ साउन १२ गते हालसम्मकै उच्च अंक १८८१ अंकमा पुगेको नेप्से हाल ११६२ मा झरेको छ । सेयर बजारको उतारचढावलाई लगानीकर्ताको मनोबलले निर्धारण गर्छ । त्यसका साथै सेयर बजार भनेको लोभ र त्रासको खेल पनि भनेर भनिन्छ । बजार घट्न थालेपछि डाराएर बिक्री गर्ने र बढ्न थाले पनि अभैm बढ्छ कि भनेर होल्ड गर्ने स्वभाव लगानीकर्तामा हुन्छ । पछिल्लो समयमा सेयर बजामा धितोपत्रको आपूर्ति बढी र खरिद गर्ने लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार अस्थिर भएको हो । पछिल्लो समयमा देखिएको सेयर बजारको उतारचढाव तथा बजारको अवस्थाका बारेमा सरोकारवालाहरूसँग कारोबारले गरेको कुराकानीको सार :

सेयर बजारलाई सरकारले गम्भीर रूपमा लिएन
उत्तम अर्याल
अध्यक्ष
नेपाल सेयर लगानीकर्ता संघ
सेयर बजारप्रति नेपाल सरकारको प्राथमिकतामा सेयर बजार नपरेकाले पनि बजार अस्थिर देखिएको हो । त्यसका साथै सेयर बजारमा हल्ला फिँजाएर अवसर सिर्जना गर्ने समूह पनि सक्रिय भएको छ । सरकारको प्राथमिकतामा नपरेका कारण बजारमा चलखेल गर्ने हल्ला फिँजाउने कोही सफल पनि देखिएका छन् ।
बजार बढेका बेला बिक्री गर्ने र विभिन्न हल्ला फैलाएर घटाएर किन्ने समूह बजारमा छ । त्यसले बजारलाई आफ्नो नियन्त्रणमा लिन चाहेको छ । उनीहरू पहुँचका भरमा विभिन्न हल्ला फैलाउने र बजार घटाएर किन्ने खोलमा हुँदा पनि साना लगानीकर्ता त्रसित भएको अवस्था छ
पछिल्लो समयमा बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताको प्यान अनिवार्य भनेपछि घट्न थालेको हो । सरकारले बजारलाई गम्भीर रूपमा नलिएको हुनाले लगानीकर्ताको बजारप्रतिको विश्वास समेत कमजोर भएको हो । सरकारले प्यान भ्याटजस्ता विषयहरूलाई बजार घटाउने र वढाउने माध्यमका रूपमा प्रयोग गरेको देखिन्छ । अर्थमन्त्री पनि बजार पनि सिरियस देखिँदैनन । लगानीकर्ता आन्दोलित हुँदा चौतर्फी दबाबका कारण सरकारले झारा टार्ने गरी सम्बोधन गरेजस्तो मात्र ग¥यो । प्यान लगाउँदा लगानीकर्तालाई घाटा हुन्छ भन्ने छ । राज्य र लगानीकर्ता दुवैलाई फाइदा हुने हो भने सरोकारवालाहरूसँग छलफल गरेर मात्र लागू गर्नुपर्छ ।
खरिददाताले अनिवार्य रूपमा प्यानमा दर्ता भएको हुनुपर्ने भनेको छ । यसले बजारलाई थप घटाउन मद्दत गरेको छ । जिल्ला–जिल्लामा यसलाई कार्यान्वयन कसरी गर्ने । पूर्वतयारी नै नगरी बजारलाई तलमाथि गर्ने खालको नीति लिने विषयमा सरकार तथा सम्बन्धित नियकायहरू पनि सोच्नुपर्छ । बजारमा हल्ला फैलाएर बजारलाई असर गराउने काम मात्र गर्ने । यस्ता कुरा बजारमा आएको हुनाले बजार घटेको हो । देशको आर्थिक अवस्था हेर्दा बजार घट्ने अवस्था नै छैन ।
सेयर बजार परिसूचक बढ्दा र घट्दा कतिसम्म जान्छ भनेर हामीले निर्धारण गर्ने होइन । स्वतन्त्र रूपमा बजारले नै देखाउने विषय भएकाले कति घट्छ वा बढ्छ भन्न सकिने अवस्था रहेन । लगानीकर्ताले बजारको गतिअनुसार खरिद बा बिक्रीको निर्णय गर्ने हो । नेपाल राष्ट्र बैंकले वित्तीय बजारमा पर्याप्त तरलता भएकाले आफूले खिचेको बताउँछन् । तर, बैंकहरू भने कर्जाको माग धेरै भएकाले लगानी गर्ने रकम नभएको बताउँछन् । वित्तीय प्रणालीलाई बुझ्न धेरै जटिल भएको छ । बैंकहरूले वित्तीय बजारको अवस्थालाई १५ दिनका लागि पनि प्रक्षेपण गर्न सकेको अवस्था छैन । यस विषयमा सम्बन्धित नियामक निकायले पनि ध्यान दिएर समाधानतर्फ जानु आवश्यक छ ।

लगानी विस्तार गर्ने वातावरण नै भएन
दीपेन्द्र्र अग्रवाल
वरिष्ठ उपाध्यक्ष
लगानीकर्ता दबाब समूह
नेपालमा लगानीको वातावरण यहाँको सरकार र नीति–निर्माणकर्ताहरूको हेलचेत्र्mयाइँले बिग्रिँदै गएको छ । सेयर बजारको अवस्था धराशायी भइरहेको छ । सरकारका सम्बन्धित मन्त्रीले प्रतिकूल अभिव्यक्ति दिएर थप समस्या पारे । सेयर बजारमा लगानीकर्ताहरूको लगानी डुब्न थालेको छ । उनीहरू मारमा पर्न थालेका छन् । तर, सरकारले अझ पनि गर्नुपर्ने काम गरिरहेको पाइँदैन ।
लगानीकर्ताहरूले दिएको दबाबबाट सरकारले यसबारे जानकारी लिन एक कार्यदल बनायो । त्यो कार्यदलले ५८ बुँदे सिफारिश ग¥यो । यो त चिकित्सा विधेयकजस्तो बन्न पुगेको छ । पटक पटक डा. गोविन्द केसी अनसन बस्दै छन् । नेपाली जनताको स्वास्थ्यमा सार्वजनिक चासो दिँदै उनको अनशनपछि सरकारले सम्झौता गर्छ । सम्झौता गरेपछि बुँदाहरूको कार्यान्वयन हुँदैन । ठीक यसैगरी अहिले लगानीकर्ताको लगानीबारे सरकारले ध्यान दिएको छ ।
५८ बुँदे कार्ययोजना सरकार बनाएको कार्यदलबाट आएको सिफारिश हो, त्यसको कार्यान्वयन भयो भने सेयर बजारका अधिकांश समस्या समाधान हुनेछन् । ५८ बुँदाको सिफारिसमा आलटाल हुन थालेपछि सेयर लगानीकर्ता दबाब समूहले फेरि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । सेयर लगानीकर्ता दबाब समूहले कार्यदलले गरेको ५८ बुँदे सिफारिश कार्यान्वयनमा ल्याउनुपर्ने जनाउँदै थप ३२ बुँदा तयार पारेको हो । यो ३२ बुँदे माग अर्थ मन्त्रालयलगायत सबै ठाउँमा बुझाइएको छ ।
सरकारले देशमा आर्थिक समृद्धिको नारा ल्याएको छ । भएको लगानी विस्तार र थप लगानी भिœयाउने वातावरण बनाउँदैन । लगानीकर्ताहरू सेयर बजारमा लगानी लगाउन तयार बसेका छन्, तर सरकारले गर्नुपर्ने कार्य गरिरहेको छ । सेयर बजारको सन्दर्भमा ठीक चिकित्सा विधेयकजस्तो खेलाँची गर्न थालेको छ ।
डा. गोविन्द केसी सार्वजनिक स्वास्थ्य हितको ध्यान दिएर चिकित्सा शास्त्रको अध्ययन संस्थानको विकास गर्न सरकारको ध्यानाकर्षण पटक–पटक अनसन बस्छन् । पटक–पटक फेरिने सरकारले त्यसलाई आलटाल गर्दै आएका छन् । सबै सरकारले डा. केसीसँग गरेको सम्झौता कार्यान्वयन गर्न आलटाल गरेको देखिएझैं सेयर बजारको लगानीकर्ताहरूको हितमा गरिएको ५८ बुँदे सिफारिसलाई त्यही अवस्थामा पुर्याइएको छ ।
५८ बुँदे सिफारिस आफैंमा सब थोक नभए पनि यसको कार्यान्वयनले अधिकांश समस्याको समाधान गर्ने हाम्रो बुझाइ हो । प्रोत्साहित गरी उत्साहित पार्ने सेयर बजारसम्बन्धी पूर्वाधारको विकास गर्नुपर्छ । तर त्यसतिर सरकारको ध्यान गएको पाइँदैन ।
लगानीकर्ताहरूका लागि आगामी वैशाख १ गतेदेखि प्यान अनिवार्य लागू गरिएको परिपत्र जारी गरिएको छ । तर, यसले सेयर बजारको विस्तारमा समसामयिकरूपमा कस्तो असर पर्छ, त्यसको ध्यान सरकारले दिएको पाइँदैन । प्यान लागू गर्ने नै हो भने यसबारे व्यापक जनचेतना जगाउनुपर्ने आवश्यकतालाई बेवास्ता गरिएको छ । यसको आवश्यकता र औचित्य पुष्टि गरिएको छैन ।
अहिले क्यापिटल गेन (पुँजीगत लाभ) मा अन्तिम कर लिइसकेपछि प्यानको अनिवार्यताको आवश्यकता र औचित्य पुष्टि हुँदैन । यसबारे सरकारले लगानीकर्तालाई स्पस्ट जानकारी गराएको छैन । यस्ता विषयहरूमा सरकारले विशेष ध्यान पुर्याउनुपर्ने आवश्यकता छ ।

लगानीकर्ताहरू हतोत्साहित भएका छन्
वीरेन्द्र भगत
सेयर लगानीकर्ता
सेयर बजार अहिले निकै निराशाजनक अवस्थामा छ । लगानीकर्ताहरू बजारको अवस्थाबाट निकै हतोत्साहित भएका छन् । बजार सुस्त छ । कहिलेकाहीं बीच–बीचमा बजार आक्रामक पनि देखिएको छ ।
जुन दिन सेयर कारोबारमा अपर तामाकोसी सूचीकृत भई कारोबार भयो, त्यही दिन रेट बढेर एक दिनमै दुईपटक सर्किट डाउन गर्नुप¥यो । यसमा ठूला लगानीकर्ताको चलखेल भएको जस्तो बुझिएको छ । किनभने यही अवधिमा आखुखोला हाइड्रोपावर आयो, तर त्यसको कारोबार निराशाजनक छ । जसको रेट अहिले १ सयभन्दा तल झरेको छ ।
अपर तामाकोसीको पछिल्लो ४ दिनको कारोबार हेर्दा २ सय ७८ मा भइरहेको छ । अपर तामाकोसीमा त्यस्तो के छ र यति धेरै लगानीकर्ताको भीड लागेको हो बुझन सकिएको छैन । केही अपवाद छाडेर यो सरकार बनेदेखि नै सेयर कारोबार ओरालो लाग्दै गएको थियो । अझै पनि माथि उठ्ने सम्भावना देखिँदैन ।
सेयर लगानीकर्ताहरू आफ्नो लगानी राम्रो आएमा बेचेर अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाउन थालेका छन् । अहिलेका अर्थमन्त्री त सेयरप्रति निकै अनुदार देखिएका छन् । त्यही भएर पनि होला सेयर माथि उठ्न नसकेको हो । घर–जग्गा बिक्री गरेर लगानी गरेकाहरूको त झनै बिजोक भएको छ ।
अझ सेयर बजार राम्रो हुँदा चर्को ब्याजमा ऋण लिएर लगानी गर्नेहरूको अहिले हालत भएको छ । यस्तै हो भने धेरै लगानीकर्ता डुब्ने अवस्था छ । सरकारले सेयर बजारलाई हतोत्साहित बनाउने काम गर्नु हुँदैन । सरकारकै कारण सेयर बजार यतिबेला जोखिममा परेको छ । लगानीकर्ताले अर्बौं गुमाएका छन् । सेयर अहिले डामाडोल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्