यूएस–बंगला दुर्घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक «

यूएस–बंगला दुर्घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं-यूएस–बंगला एयरलाइन्स जहाज दुर्घटना जाँचबुझ प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ । यूएस–बंगला एयरलाइन्स जहाज दुर्घटनाको प्रतिवेदन गत भदौ २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई आयोगका अध्यक्ष यज्ञ गौतमले टोलीले बुझाएको थियो । प्रतिवेदन बुझाएको ६० दिन भित्र सार्वजनिक गर्नुपर्ने भएपनि १ सय दिनसम्म पनि सार्वजनिक गरिएको थिएन । मन्त्रालयले आइतबार प्रतिवेदन सार्वजनिक गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते भएको यूएस– बंगला एयरलाइन्स जहाज दुर्घटना भएको थियो । पाँच महिना २१ दिनमा आयोगले अन्तिम प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा मुख्य दोषी पाइलटनै रहेको ठहर समेत गरिएको थियो । प्रतिवेदनमा क्याप्टेन अविद सुल्तान मानसिक रुपमा तनावमा रहेको समेत पाइएको उल्लेख गरिएको छ ।
आयोगले ‘फ्लाइट डाटा रेकर्ड’ (एफडीआर) र ककपीट भ्वाइस रेकर्ड (सिभिआर) को अध्ययनपछी पाइलटनै मुख्य दोषी रहेको निष्कर्ष आयोगले निकालेको छ । उक्त निष्कर्षलाई यूएस–बंगला एयरलाइन्सले भने मान्य नभएको प्रतिक्रिया समितको प्रतिवेदन नेपाल सरकारलाई पठाएको छ ।
ककपिटको भ्वाइस रेकर्डरमा रहेको रेकर्ड अनुसार अनुसार क्याप्टेनले पुराना कुरा झिकेर को–पाइलट प्रिथुला रसिदसंग समेत झगडा गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्ययनको क्रममा क्याप्टेन सुल्तान यूएस–बंगला एयरलाइन्सकै कुनै को–पाइटलसंग प्रेममा रहेको र सोही बंगलादेशको ढाकाबाट काठमाडौं उड्ने क्रममै झगडा परेको समेत देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्