मुगुमा वडा तहको अधिवेशन भदौ २१ मा «

मुगुमा वडा तहको अधिवेशन भदौ २१ मा

मुगु – नेपाली कांग्रेसले मुगु वडा तहको अधिवेशन भदौ २१ मा गर्ने निर्णय गरेको छ । पार्टीले वडा तहको अधिवेशन १८ भदौमा गर्न निर्देशन दिए पनि मुगुमा भने भदौ २१ गतेमा गरिने मुगुका पूर्वसभापति ऐनबहादुर शाहीले बताए ।
जिल्लामा क्रियाशील सदस्यको नाम सार्वजनिक भइसकेकाले बिहीबार बसेको बैठकले वडा अधिवेशन भदौ २१ मा गर्ने निर्णय गरेका हो । जिल्लाका ४५ वडाको अधिवेशन भदौ २१ गते सम्पन्न गर्ने गरी तयारी थालिएको नेपाली कांग्रेस मुगु पार्टी सचिव गजेन्द्रबहादुर मल्लले जानकारी दिएका छन् ।
४५ वडामध्ये छायानाथ रारा नगरपालिका–३ मा वडा सभापतिको लागि नन्द रावललाई सर्वसम्मतबाट चयन गरिएका छन् । अन्य वडामा साथीहरूले मान्छन् भने सहमतिबाटै गर्र्न तयारी रहेको छ यदि त्यसो हुँदैन भने चुनावमै जाने बताइएको छ । सकभर सबै वडामा सहमतिकै प्रयास गर्नेछौं सतिव मल्लले बताएका छन ।
वडा अधिवेशनको मिति फरक परे पनि गाउँपालिका, नगर, उपमहा नगरमा भने केन्द्रले तोके बमोजिम नै अधिवेशन हुने नेपाली कांग्रेस मुगुले जानकारी दिएको छ ।
यसैबीच मुगुमा नेतृत्व पंक्तिका उम्मेदवार देउवापक्षले चयन गरेको छ भने पौड्याल पक्षले गर्न सकेको छैन । जसमा देउवा पक्षका लागि सभापतिमा ऐनबहादुर शाही छन् भने प्रदेशमा विष्णुकुमार भाम र नगर सभापतिमा चक्रबहादुर साउतलाई सर्वसम्मतबाट चयन गरेको छ । पौड्याल पक्षले भने नेतृत्व पंक्तिमा कुनै पनि टुंगो लगाउन सकेको छैन । पौड्याल पक्षमा नेतृत्वको लागि केही नेताहरूले आकांक्षी देखाएका भए पनि बाहिर खुला रूपमा आएका छौनन् । यो समूहको आन्तरिक गृहकार्य व्यापक भइरहेको एक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्