अमेरिका–चीन व्यापारयुद्धको रस्साकस्सी लम्बेला ? «

अमेरिका–चीन व्यापारयुद्धको रस्साकस्सी लम्बेला ?

अमेरिका–चीनबीचको सम्बन्धले हाल खराब समयको अनुभाव गरिरहेको छ । समग्रमा यी दुई मुलुक यदाकदाका साना विवादबाहेक शान्तिपूर्ण रूपमा बस्दै आएका छन् । विश्वव्यापी अर्थतन्त्रले राम्रो अवस्था भोगिरहेको समयमा अमेरिका–चीनबीचको सम्बन्धको स्थिर विकास भइरहेको छ । अमेरिका–चीनबीच स्थिर सम्बन्धबिना विश्वमा ४० वर्षको समृद्धि आउन सक्ने थिएन ।
यद्यपि विगतका ४० वर्षको समयमा अमेरिका र चीनबीचको सम्बन्धमा रस्साकस्सी देखिएको थियो ।
यो लामो अवधिको रस्साकस्सीमा दुवै पक्षले अन्य पक्षलाई गुमाउने अवस्था आउन नदिनका लागि सबै किसिमका विधिहरू प्रयोग गरेका थिए । ४० वर्षको अवधिमा दुई मुलकले कूटनीतिक सम्बन्धलाई राम्रो बनाएका छन् । व्यापार वाणिज्यको क्षेत्रमा रहेको दुई मुलुकबीचको रस्साकस्सी सम्बन्धका रूपमा रहँदै आएको छ । केही क्षेत्रमा अमेरिकाले लाभ लिएको थियो । जस्तै उच्च प्रविधि, इन्टरनेट र सूचना सञ्चार प्रविधिका क्षेत्रमा ।
सञ्चित मुद्राका रूपमा अमेरिकाको बृहत् पुँजी शक्ति रहेको छ । यसैले विश्वको पैसा र स्रोत–साधनमाथि नियन्त्रण कायम गर्दै आएको छ । यसले गर्दा वास्तवमै अमेरिका चीनभन्दा शक्तिशाली भएको छ । गलत व्यवस्थापन र अमेरिका स्वयंकै कारण २००८ मा विश्वव्यापी वित्तीय संकट आयो । यसले अमेरिकालाई उछिन्नका लागि चीनलाई अवसर मिलेको छ ।
ऐतिहासिक रूपमा अमेरिकाको बलियो पक्षका रूपमा रहेको अवस्था हाल अमेरिकाको आर्थिक विकासको अवरोधका रूपमा देखा परेको छ । अमेरिका सिर्जित वित्तीय संकट हाल ज्वरोका रूपमा विश्वका अन्य मुलुकमा विस्तार भएको छ । यसले विश्वव्यापी अर्थतन्त्रमा विनाश्कारी क्षति पु¥याएको छ । त्यसयता चीनले महŒवपूर्ण लाभ लिएको छ ।
तर चीनले कहिले पनि अभूतपूर्व विजयको अनुभव गरेन । हाल यी मुलुकहरू अर्को पक्षलाई धरातल दिनका लागि कुरेर बसिरहेका छन् ।
चीनले अमेरिकाले नचाहेको न्यून गुणस्तरको प्रविधि आत्मसात् ग¥यो । चीनले अमेरिकाले त्यागेको एसेम्ब्ली लाइनको मोर्चा सम्हाल्यो । चिनियाँ जनताले कम नाफाको उद्योग स्वीकार गरे र अमेरिकीले नगर्ने कडा परिश्रम गरे ।
चीनले अमेरिकाबाट लाभ लिएको आरोप अमेरिकाले लगाउँदै आएको छ । यद्यपि यो भनाइले अमेरिकालाई नै तल्लो स्तरमा पु¥याएको छ । विश्वमा अमेरिकाबाट फाइदा लिन सक्ने कुनै पनि मुलुक छैनन् । अमेरिका मात्रै विश्वको सुपरपावर हो । यदि कुनै मुलुकले अमेरिकाबाट लाभ लिन खोज्छ भने उसले लिएको लाभको दोब्बर मूल्य तिर्नुपर्नेछ ।
अमेरिकाले आफ्नै जनताको आवाश्यकता पूर्ति गर्नका लागि चीनबाट ठूलो परिमाणमा चिनियाँ सामग्रीको आयात गर्दै आएका छ । चीनको सस्तो श्रम मूल्य, न्यून मूल्यका सामग्री र न्यून मूल्यका साथ अर्धतयारी सामग्रीे अमेरिकी जनताले चीनबाट फाइदा लिइरहेका छन् ।
न्यून मूल्यको फाइदा कम भयो र मूल्यमा वृद्धि भयो भने अमेरिकीहरू नै चिढिने सम्भावना देखिन्छ ।
चालू अवस्थाको अमेरिका–चीन व्यापार विवाद रस्साकस्सीको सानो झलक मात्रै हो । यसको अर्थ केही मानिसले अमेरिकामा धैर्य गुमाइसकेका छन् । चीनको बढ्दो शक्तिलाई नियन्त्रण गर्नु र चीनलाई हानि–नोक्सानी पु¥याउनुले अमेरिका स्वयंको विकासमा हानि पु¥याउँछ ।
अमेरिका र चीनबीचको रस्साकस्सी चलि नै रहनेछ । यो विवाद केही समयका लागि चलि नै रहनेछ र यसको स्पष्ट विजेताका रूपमा कुनै पक्ष पनि देखिदैन । यसलाई दुवै मुलुकले मित्रवत् खेलका रूपमा हेर्नुपर्छ । सन्तुलित अमेरिका–चीन सम्बन्ध विश्वका लागिसमेत वरदान हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्