नेताको चयन कसरी गर्ने ? «

नेताको चयन कसरी गर्ने ?

हरेक नागरिकका कलिला ओठहरूमा मन्द मुस्कान छाउन राज्यको सोच सधैं नवीनतम हुनुपर्छ ।

परिवेश राम्रो भए सबै ऋतुमा फुल फुल्छन् । शिशिरको चिसो सहजै पार हुन्छ, वर्षाको भेल सजिलै पाखा लाग्छ, ग्रीष्मको उराठमा वसन्त आउँछ । बस् चाहियो नयाँ बिहानी, नयाँ किरण, नयाँ पालुुवा, नयाँ जवानी अनि नयाँ उत्साह, नयाँ परिवेश, नयाँ उमङ्ग ! जहाँ शीतलता छ त्यहाँ शान्ति छ, जहाँ कोमलता त्यहाँ भावुकता पनि ! मन्द मुस्कान, सुगन्धित पवन अनि आकाशमा ढल्कनै लागेका सूर्यले पनि छड्के किरणले नै किन नहोस्, भोलि बिहानको नयाँ आशा लिएर आउने संकेत छोड्न बाध्य हुन्छन् । हरेक नागरिकका कलिला ओठहरूमा मन्द मुस्कान छाउन राज्यको सोच सधैं नवीनतम हुनुपर्छ । देशवासीमा त्यत्तिकै स्वर्गीय आशा फैलिँदैन जबसम्म देशले देशवासीलाई शान्त र आनन्दित बनाउँदैन । हरेक व्यक्ति अभयी, निर्भयी बनून्–राज्यको दायित्व हो यो !
सृष्टिको उषाकालमा राज्य–व्यवस्था थिएन । हालको जस्तो सामाजिक परिवेश थिएन, भनौं समाजको बनोट नै थिएन ! इतिहासको सुदूरपूर्वमा न आजका जस्ता कानुन, न आजका जस्ता जनता नै थिए ! दण्ड सजाय, दण्डाधिकारी केही कोही थिएन । धर्मको आधारमा समग्र परिवेश आफैं परिचालित थियो, भनौँ वैदिक परम्परा, ईश्वरीय एक मात्र सत्ता !
बिस्तारै समूह समाज निर्माण हुँदै आयो । समाज निर्माण हुँदै आउँदा कर्तव्य–अकर्तव्यको पनि बोध हुँदै आयो । कालान्तरमा समाजमा नैतिक ह्रास हुन थाल्यो । मूल्य र मान्यताविपरीत कामहरू हुन थाले ! दैवी शासनमा देवताहरूले ब्रह्माजीसित नीतिशास्त्र बनाउन आग्रह गरे ! नीतिले शासन व्यवस्था चल्न लाग्यो ! नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ मूल नारा अघि स¥यो । सृष्टिकर्ता ब्रह्माजीको कानुनमा सिर्जना, पालना र संहारको व्यवस्था सुरु भयो– उनको यो स्थायी कानुन अहिले पनि अपरिवर्तनीय नै छ । ब्रह्माजीकै नीतिमा ज्ञान, कर्म र उपासना जोडियो । मानवताको उद्देश्य अभीष्ट धर्म, अर्थ, काम र मोक्ष चयन भयो । जीवन सञ्चालनार्थ कृषि, गोरक्षा र वाणिज्यको परिकल्पना हुँदै आयो । संसारमा मोहको क्षय हँुदै मोक्षको उन्नयन, प्रणयनको दायरा फराकिँदै आउन थाल्यो ।
समाजका साथसाथै राज्यको परिकल्पना र राज्यको कण्टकशोधन (विद्रोही दमन) का लागि नेता, राजा, राज्यका सेना आवश्यक पर्न थाले ! राज्यमा शान्ति स्थापना, शत्रु शोधन, विध्वंसको नियन्त्रण जस्ता बहुआयामिक अवधारणाहरूको विकास हुँदै आयो । सर्वपालक सर्वेश्वर नारायणका मानसपुत्र विरजाको वंशमा वेन नाम गरेको राजाले राज्य ग¥यो, तर वेनले आमजनतालाई तीव्र शोषण गरेको बुझेर विद्वान्हरूको सभाले वेनलाई पदच्यूत गरिदियो । पदच्यूत मात्रै होइन, उसको दायाँ अंगलाई मथेर ईश्वरीय अर्को अवतार पृथुलाई उत्पन्न गराएर राज सिंहासनमा राखिदियो । उनले संसारको रक्षा गरे । पृृथुद्वारा रक्षित धर्तीको नाम नै अब पृथ्वी बन्न पुग्यो । ज्ञानद्रष्टा, तपस्वी, साधक, परमपुजनीय, महनीय दैवी शक्तिले ओतप्रोत ज्ञानी साधकहरू पहिले पनि यसरी पुजिएकै हुन् । पृथ्वीको स्थापनामा उनै सन्त, साधु, महान् आत्माहरूको भूमिका अनिर्वचनीय छ ।
ज्ञानी, सदाचारी, ब्रह्मनिष्ट सत्पुुरुषहरूको मार्ग निर्देशनमा पृथ्वीलाई र पृथ्वीवासीलाई सञ्चालनमा राख्ने पृथुको शासनकालमा पृथ्वीको पूरै उद्धार भयो ! कोही भोका, नांगा भएनन्, कतै चोरी–हिंसा भएन, यहाँसम्म कि जरा, बुढ्याँइ, क्रोध, कुण्ठा, ईष्र्या, वैमनस्यता, आवेग र तनाव, अनिकाल र आधिव्याधि, घटना र दुर्घटना पृथ्वी तलभरिमा कहीँ–कतै भएन । राज्य व्यवस्था वैदिक साम्यवादको रह्यो । प्राकृतिक, अप्राकृतिक, सर्प, चोर, डाँका, छिद्रान्वेषण वा कलह कतै रहेन, असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्युर्मा अमृतं गमय— वेद, उपनिषद् पुराण सबैको सार समाजको वर्ण व्यवस्था, समन्याय, समतामूलक समाज सबै उपकारी भए । लोभी, लालची र पापी त कोही भएन ! संसारमा ।
प्रज्ञाजन आशीर्वाद लिन लायक ! नेतृत्वजन आशीर्वाद दिन लायक । आयु पुुर्णायु रोग निरोधक औषधी सेवन गर्नै नपर्ने पछिसम्म पनि भनिदै आयु होस् त द्रोणपुत्रको जस्तो दीर्घायु, श्रेय होस् त युगीन इतिहास बोक्ने दशरथको जस्तो । शत्रु परास्त हुन् त मर्यादापुरुष श्रीरामको जस्तो ! ऐश्वर्य होस् त धनवान् नहुषको जस्तो । विकासको रफ्तार होस् त वायुको वेगजस्तो । दानी होस् त कर्णजस्तो । बलियो होस् त बलवीर बलराम जस्तो । सत्यवादी होस् त राजा युधिष्ठिरजस्तो ।
तर आजको परिवेश नितान्त बेग्लै छ । आजको युग विज्ञानको रे, बिन लादेनको रे, ट्विन टावरको रे, सेप्टेम्बर ११ को रे, नागासाकी अनि हिरोसिमाको रे ! एटमिक इनर्जीको रे, अनि सूक्ष्मयन्त्रको रे, परमाणु अनि एटम बमको रे, सन्त्रासको रे, घट्नै घट्नाको रे दुर्घटना नै दुर्घटनाको रे, अल्बर्ट आइन्सन्टाइनको रे, ग्यालिलियोको रे ! राइट दाजुभाइहरूलाई ट्विन टावरमा गिज्याउने लादेनको रे ! बम र बारुदका धूवाँले मुस्लिएको आकाश ढपक्क छ, आज सन्त्रासै सन्त्रास छ ध्वनि र वायु प्रदूषणले ! अन्तःकरणमा पाइने खुसी बजारमा हाँसिरहेछ । महान् अध्येता महापुरुषहरू विज्ञानबाट थाकेर आध्यात्मिक खोजतर्फ अग्रसर हुन थालेका छन् । अन्तकरणमा खुसी छ । शान्ति आफैंभित्र छ– मृगतृष्णाले बाहिर भौतारिएको छ । संस्कार आज हराइरहेको !

विकासको नाममा पृथ्वीको काँचुली फेरिएको छ तर धर्तीप्रतिको बर्बरताले धर्तीमाता रोइरहेकी छिन् । जीवनको सारतत्व अथवा उहिलेको महर्षिहरूको भाषा स्थितप्रज्ञ मानिसले बुझेकै छैन ।

आजको समाजले बहादुरी सम्झेको छ । कहालीलाग्दो अनि अनगिन्ति हिंसालाई र प्रतिहिंसालाई बहादुरी बोकेर ! तर के थाहा हिंस्रकहरूलाई जीवनको उत्तराद्र्धमा गएर चरम आत्मग्लानि हुन्छ भनेर ! बलको तुजुक, चरम लापरवाही, ओठे भक्ति, जताततै सन्नाटा आजको राज्य नेतृत्वले लिएको सुशासन र विश्व शान्ति गोहीको आँसु खोइ त आजको संसारमा हामीले कल्पना गरेको शान्ति र समृद्धि ?
हामीले विश्वास गरेका संवाहकहरूबाट हामीलाई प्राप्त उपहार यस्तो छ अहिले ? धेरै परिवर्तन भए । भूगोल परिवर्तन हुने कुरो भएन । सीमा संकुचनमा हाम्रो ध्यान जाँदैन । बाटाघाटा ठूला भए । गाउँबस्तीमा डोजर दौडाएर भए नभएको पैसा रोपेर बाढी–पहिरोको समस्या थपियो, प्राकृतिक डाँडा, पाखा पखेरीहरूमा डोजरहरू गुडे, गाउँका मान्छे खाडीतिर भास्सिए, अन्नपातमा कमी भयो । मोटा चामल खान छोड्यौँ, विदेशी मसिना चामलमा मन गयो, धन पनि गयो, बारीका पाटामा मकैका घोगा देखिन छोडे । कोदो, बोडी, भटमास देखिन छोड्यो, गाउँको बाटो साँघुरो भए पनि मेला पर्म, साग, घाँसपात, वन, बुटेन, काँक्रा, फर्सी, भारो पर्म, तल्ला घरे, माथिल्लो घरे, आगो–पानी साटासाट, ऐँचोपैचो, गहुँका रोटी, गाईवस्तु गोठ, गोबर, गहुँत के–के हो, के–के, सबै प्रांगारिक सबै अर्गानिक थिए ! जातपातको केही समस्या थिएन ! एउटा गाउँमा सबैथरी बस्थे । एकलाई अर्काको खाँचो पथ्र्यो, सबैले सबैको सम्मान र स्याबासी गर्थे । अहिले जस्तो पानी बाराबारको स्थिति थिएन । राज्य, समाज सबै मिलेर फेरि एकपटक हामीले सोचेजस्तो असल समाज निर्माणतर्पm अग्रसर हुने हो कि !
अच्युतप्रसाद पौडेल ‘चिन्तन’

प्रतिक्रिया दिनुहोस्