सिद्धार्थ बैंकद्वारा कम्प्युटर हस्तान्तरण «

सिद्धार्थ बैंकद्वारा कम्प्युटर हस्तान्तरण

सिद्धार्थ बैंकले ललितपुर नगरपालिका मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ६ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । सो कम्प्युटर सेटहरुको सहयोग, बैंकको तर्पmबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई प्रदान गरेका थिए ।
बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले उक्त कम्प्युटर सेटहरु विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । यस अभियानअन्तगत यस विद्यालयका लगभग ३०० विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको अवसर पु¥याउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्