सामुदायिक वन उपभोक्ता समूहमा अनियमितता भएको भन्दै विरोध «

सामुदायिक वन उपभोक्ता समूहमा अनियमितता भएको भन्दै विरोध

धनगढी-कैलाली सामुदायिक वन उपभोक्ता समूहमा व्यापक अनियमितता भएको भन्दै वन उपभोक्ताकारीले विरोध जनाएका छन् । उपभोक्ता समूहले बिक्री–वितरण गरेका काठको रसिदमा परिमाण र इकाई नखुलाउँदा उपभोक्ताले विरोध गर्दै आएका हुन् । वन उपभोक्ता समूहका जिम्मेवार पदाधिकारीको मिलोमतोमा व्यापक अनियमितता र काठ तस्करीसमेत बढिरहेको स्थानीय लाल चौधरीले बताए । जगंलमा वन पैदावार भएका दाउरा तथा गोलिया बरामद भएका काठको समेत मुचुल्का उठाएको पाएको छैन ।
२०४९ वन ऐन तथा वन नियमावली अनुसार सामुदायिक वनका पदाधिकारीले वन, विधान, सामुदायिक वन विधानअनुसार वन पैदावार कटानी/निकासी ढुवानी गर्दा सम्बन्धित स्थानमा वन पैदावार कटानी भएको संख्या काठ वा दाउरा ढुवानी गर्दा मुचुल्का तयार गर्नुपर्ने उल्लेख गरिएको छ ।
तर, कैलाली सामुदायिक वन उपभोक्ता समूहले विधानको नियमलाई कुल्चिँदै हिँडिरहेको छ । समूहले काठ गद्दीमा राखेका काठको मुचुल्कासमेत नउठाएको कैलाली सामुदायिक वनका उपभोक्ता चौधरीले बताए । उनले वनबाट खरिद गरेको काठमा समेत मूल्य, इञ्चसमेत फरक परेको बताए । अर्का, उपभोक्ता पदम फुलाराले रसिदमा काठको नाम र इकाईसमेत नखुल्याएको बताए । यस बारेमा बुझ्न जाँदा उल्टै धम्काउने गरेको उनले जानकारी दिए ।
वन ऐन तथा वन नियामावली २०४९ अनुसार वन उपभोक्ता समूहले उपभोक्ताको हित गरी काम तथा वन विनासका लागि २५ प्रतिशत, गरिबी निवारणका लागि ३५ प्रतिशत, सामाजिक विकास खर्च २५ प्रतिशत र कार्यालय खर्च १५ प्रतिशत राख्नुपर्ने नियम छ तर, कैलाली वन उपभोक्ता समूहले भने यसको तथ्यांकसमेत राखेको छैन । जिल्ला वन सबडिभिजन कार्यालय धनगढीका सहायक वन अधिकृत भरत शाह पनि यस विषमा अनविज्ञ रहेको बताउँछन् । उनले भने यदि कैलाली सामुदायिक वनमा गलत गतिविधि भए कानुनअनुसार कारबाही गरिने बताए । वनको इजाजत नलिई आफूखुसी वन फडाँनी गरी बिक्री र खरिद गर्ने विरुद्ध वन ऐन–२०४९ दफा ४९ को दफा ४९ (घ) र (ङ) बमोजिम मुद्दा दर्ता गर्ने प्रावधान छ ।
कैलाली वन सामुदायिक वन समूहका कोषाध्यक्ष भोजराज शर्माले समूहमा नयाँ पदाधिकारी भएकाले यस विषयमा अनविज्ञ भएको बताए । आगामी दिनमा सल्लाहअनुसार जाने बताएका छन् । उनले गल्ती गरेको बताउँदै वन नियम–२०४९ अनुसार सजायको भागिदार हुन तयार रहेको बताए ।
वन नियमावली २०४९ मा उल्लेखित कार्य समुदाय वनका पदाधिकारीले नियम पालना नगरिएको देखिएमा सामुदायिक वनको विधानअनुसार २५ प्रतिशत उपभोक्ताले निवेदन लेखी सामुदायिक वनको अध्यक्षलाई बोलाई पाउँ भनी निवेदन पेस गरेमा डिभिजन वनले निवेदनअनुसार विशेष साधारणसभा बोलाई कार्यरत पदाधिकारीलाई हटाई नयाँ कार्यसमिति चयन गर्नसक्ने प्रावधान रहेको वन डिभिजन कार्यालय प्रमुख अमरबहादुर बुलनले बताए ।
उनले भने, “जिल्ला वन कार्यालयका कर्मचारीलाई सत्य–तथ्य पत्ता लगाउन पठाएका छौं । यदि वन नियम मिचेर काम गरेको छ भने कारबाहीसँगै वन उपभोक्ताको खातापाता समेत रोकिने जानकारी दिए ।’ वनले ४६.४८ हेक्टर जमिन ओगेको छ । वनको क्षेत्र जनता कैलाली जनता राष्ट्रिय विद्यालयदेखि पूर्वीको मोट्यारी सुकुटी नालासम्म रहेको छ ।

प्रतिवेदन र घाटगद्दीमा फरक मूल्य
कैलाली सामुदायिक वन उपभोक्ता समूहमा धनगढी उपमहानगरपालिका वडा नं. १३ मा पर्छ । उपभोक्ता समूहकै जमिनमा प्रहरी चौकीसमेत छ । तर काठ दाउरा तस्करी भएको थाहा नै छैन । वनको क्षेत्र कैलाली जनता विद्यालयदेखि पूर्वीको मोट्यारीको सुकुटी नालासम्म छ । यसको क्षेत्रफल ४६.४८ हेक्टर छ । आर्थिक वर्ष ०७४/७५ को वन उपभोक्ता समितिले सार्वजनिक सुनुवाइ गर्दै प्रतिवेदनमा १ सय ४२ गोलियाको मात्र रसिद देखाएको छ । तर, घाटगद्दीमा २ सय ६३ गोलिया रहेको उपभोक्ता हरिष बोहराले बताए । उनले भने, “प्रतिपटाकामा ५ कुन्डल दाउरा हुन्छ । उपभोक्ता समूहले प्रतिकुन्डल ६ सय ५० का दरले बिक्री गरेको दाउरामा ३९ हजार दाउरामा १८ हजार मात्र देखाएको छ । घाटगद्दीमा बाँकी रहेको दाउरा पनि नराखिएको बोहोराले बताए ।

प्रतिक्रिया दिनुहोस्