Logo

लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

लक्ष्मी बैंकद्वारा निष्काशित दुई अर्ब मूल्य बराबरको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
सूचीकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार गर्न सकिनेछ । सो ऋणपत्र सूचीकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्