दाल निर्यातका समस्याबारे छलफल «

दाल निर्यातका समस्याबारे छलफल

 नेपाल चामल तेल दाल उद्योग संघले बारा र पर्सामा सञ्चालित उद्योगका समस्या बारे उद्योगमन्त्री मातृकाप्रसाद यादवको ध्यानाकर्षण गराएको छ । संघका केन्द्रीय अध्यक्ष तथा वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिमण्डलले उद्योग मन्त्री यादवसँग भेट गरी उद्योगका समस्याबारे जानकारी गराएको हो ।
त्यस क्रममा अध्यक्ष गुप्ताले तेस्रो मुलुकको दाल निर्यातमा प्रदान गरिँदै आएको अनुदान खारेज गरिएको गुनासो गर्दै सरकारले विगतमा मुसुरो दाल निकासीमा ४ प्रतिशतसम्म अनुदान दिँदै आएको बताउँदै यसबाट नेपाली मुसुरो दाल बंगलादेशमा निकासी बढ्न गएको र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सहज भएको जानकारी गरायो । तर अनुदान रकम ४ प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरिनु र मुसुरो दाल निकासीमा समेत प्रतिकेजीमा एक रूपैयाँका दरले निकासी शुल्क लगाउँदा नेपाली दाल महँगो भई विदेशी दालसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण प्रत्येक वर्ष मुसुरो दालको निकासी घट्दै गएको भन्दै दाल निर्यात गर्ने उद्योगहरू बन्दका संघारमा पुगेकोमा गुप्ताले ध्यानाकर्षण गराए ।
त्यस्तै दाल उत्पादन गर्दा सँगसँग उत्पादन हुने चुनी, भुसी, अकडी आदिको आयातमा भारतले प्रतिबन्ध लगाएका कारण यस्ता उद्योग बन्दको संघारमा पुगेको बारे पनि मन्त्री यादवलाई ध्यानाकर्षण गराए ।
उद्योगमन्त्री यादवले उद्योगीका समस्याप्रति आपूm गम्भीर रहेको भन्दै औद्योगिक क्षेत्रको समस्या समाधान गर्ने दिशामा सदैव तत्पर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्