पोखरामा पहिरोमा पुरिँदा श्रीमान्–श्रीमती, आमा छोरासहित ५ जनाको मृत्यु एक बालक बेपत्ता «

पोखरामा पहिरोमा पुरिँदा श्रीमान्–श्रीमती, आमा छोरासहित ५ जनाको मृत्यु एक बालक बेपत्ता

पोखरा-बुधबार दिउँसोदेखि परेको अविरल वर्षादको कारण पोखरामा एकै परिवारका श्रीमान्–श्रीमती, आमा छोरासहित ५ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२० भलाम स्थित -यालेचौरमा श्रीमान श्रीमती, आमा छोरा गरी ४ जनाको र पोखरा–११ को भञ्ज्याङ नमुनाटोलमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
भलाम -यालेचौर भन्दा माथिको जंगल सहितको भाग पहिरो गए पछि पहिरोले स्थानीय ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी श्रीमती करिब ३७ वर्षीया सुनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए । उनका अनुसार मृतक श्रेष्ठका ३ बर्षका सन्तोस कुमार श्रेष्ठ पहिरोमा परी बेपत्ता भएका छन् भने उनका करिब ९ वर्षका राजकुमार श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी पोखरा २० भलाम स्थित हरिहर गुफा भन्दा तल्लो क्षेत्र मुलवारीका ३० वर्षीया बिष्णु सार्की र उनका छोराको समेत पहिरोमा परी मृत्यु भएको छ । गएराति आएको अविरल बर्षाले उनको घर भन्दा माथिल्लो भागमा पहिरो गए पछि उनीहरु पहिरोमा पुरिएसंगै सुरक्षाकर्मी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियले घण्टौंको प्रयासपछि शव निकालेको पोखरा २० का वडा अध्यक्ष सिम गुरुङले बताए ।
श्रेष्ठ परिवारको घरभन्दा करिब ४ सय मिटर माथिको जंगल सहितको भाग पहिरोको रूपमा आएपछि उनको हाल घर भएको कुनै नाम निसाना समेत नरहने गरी पहिरोले लगेको वडा अध्यक्ष गुरुङले जनाए । बिहानदेखि बेपत्ता भएका सन्तोसको खोजी घण्टौंसम्म जारी राखे पनि हालसम्म उनको अवस्था पत्ता लगाउन नसकिएको उनले जनाए । कृष्णलाई उनको घर भन्दा करिब २ सय मिटर तलको भागमा स्थानियले उद्धार गरी मणिपाल शिक्षण अस्पतालमा पुराए पछि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आधा शरिर नै पहिरोमा पुरिएर रहेको अबस्थामा उनका छोरा राजकुमारको स्थनीयले उद्धार गरी मणिपालमा उपचार लागि गरेका हुन्।
स्थानिय काली प्रसाद पौडेलले राति पहिरो आएको खबर गर्नाले आफूसहित ७ जना केही सेकेण्डले गर्दा बाँच्न सफल भएको स्थानिय सेतुप्रसाद पौडेलले बताए । उनले भने “ हाम्रो घर बस्तीभन्दा माथिल्लो भागबाट राति एकै चोटी गर्याम्मै आवाज आयो लौ न भागो बचाउ भन्दै काली प्रसादले भनेको एकै सेकेण्डमा ठुलो पहिरो हामी बसेको स्थलमा आयो, एके सेकेण्डले गर्दा आज हामी बाच्न सफल भयौं । ”
त्यस्तै पोखरा ११ स्थित भन्झ्याङका ४२ बर्षीय लक्ष्य नेपालीको पहिरोमा परी मृत्यु भएको छ । घरभन्दा माथिबाट आएको पहिरोमा परी घाइते भएका नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी हमालले जनाए ।
त्यसैगरी बाढी र पहिरोले गर्दा पोखरासहित कास्कीका धेरै ठाउँमा प्रभावित भएको छ । पोखरा ३ नदीपुरमा गयरातिको बर्षातले गर्दा तीनवटा घरको वरण्डा सहितको पर्खाल र नाला समेत भाषिएको छ । स्थानिय देउ बहादुर पुन, बलबहादुर पुन र छविलाल पुनसहित वीरबहादुर पुनसहित ५ घर जोखिममा परेको स्थानियले बताए । पोखरा ३ का वडा अध्यक्ष रविन्सन प्रजुले बाढीले गर्दा पुगेको क्षती न्यूनिकरण गर्न आफुले महानगरसंग समन्वय गर्ने जनाए ।
स्थानीय र प्रहरीले पहिरोले पुरिएको अबस्थाबाट लक्ष्य सहित उनकै छोरी १४ वर्षीया सृष्टि नेपालीलाई घाईते अवस्थामा उद्धार गरी उपचारको लागि मणिपाल अस्पताल पोखरा पु¥याइएको थियो । घाइते भएका लक्ष्यको उपचारकै क्रममा मृत्यु भएको छ भने उनकी छोरी श्रृष्टि नेपालीको उपचारपश्चात् डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ ।
यसैगरी कास्की, पोखरा महानगरपालिका–११ बसेरी बस्ने एकदेव तिमिल्सिनाको घरमा बुधबार राति पहिरो जाँदा ३ जना घाइते भएका छन् । पहिरोमा पुरिएर घाइते भएका उनीहरुलाई उपचारको लागि मणिपाल लगिएको छ ।
त्यस्तै पोखरा र कास्की क्षेत्रका विभिन्न ग्रामिण सडकहरु समेत बुधबारको बाढी पहिरोले प्रभावित भएको स्थानियले जनाए । पोखराको काहुँखोला, छोरेपाटन, हेमजा सुईखेतलगायतका क्षेत्रमा जलमग्न भएको छ । केही व्यत्तिका घरमा भलपानी पसेको छ भने केहीको खेति योग्य जमिन पुरिएको छ ।

भलामको पहिरोले गर्दा स्थानिय कृष्ण कुमारी पौडेल, तेज प्रसाद बास्तोला, रामजीप्रसाद पौडेल, लीला लामिछाने, चित्र पोखरेललगायतको घरमा आंशिक क्षति पुगेको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्