नेपाल–भारत मैत्रीपूर्ण फुटबल बराबरी «

नेपाल–भारत मैत्रीपूर्ण फुटबल बराबरी

km”6jn k|ltof]lutfdf v]nf8L sf7df8f}+, !& ebf} . bz/y /ªzfnfdf laxLaf/ g]kfn–ef/taLr cGt//fli6«o d}lqk”0f{ km”6jn k|ltof]lutfdf ;xefuL x’g] qmddf v]nf8Lx¿ . t:jL/ M /Tg >]i7, /f;;

नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बराबरी गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो ।
सुरुवाती अग्रता गरेको नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको ३६औं मिनेटमा नेपालका अञ्जन विष्टले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई बराबरीको स्थितिमा फर्काए । पहिलो हाफमा १–० ले पछि परेको भारतले दोस्रो हाफमा नेपाललाई दबाब बढाउँदै गोल गर्न सफल भएको थियो ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् । अक्टोबर १ देखि १६ साफ आयोजना हुनेछ । आइतबार पनि नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्