अफगानिस्तानबाट ८५७ नेपालीको उद्धार «

अफगानिस्तानबाट ८५७ नेपालीको उद्धार

अफनानिस्तानको राजनीतिक परिवर्तनपछि अलपत्र परेका नेपालीमध्ये हालसम्म ८५७ जनाको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयले अफगानिस्तानका १ हजार ५०० नेपाली कार्यरत रहेको जनाए पनि हालसम्म ८५७ जनाको उद्धार भएको हो ।
मन्त्रालयका एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेले काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको बताए । विगत ४ वर्षमा म्यानपावर कम्पनी मार्पmत ७७९ नेपाली अफगानिस्तान रोजगारीका गएका थिए । यसैगरी व्याक्तिगत रुपमा ४ हजार ४९० नेपाली अफगानिस्तान गएको तथ्यांक रहेको छ । यसमा महिलाको संख्या ११ रहेको छ । यस बाहेक पनि अन्य श्रम गन्तव्य मार्पmत रोजगारीमा जाने नेपालीको संख्या पनि रहेको छ ।
अफगानिस्तानबाट उद्धार गरी दोहा–काठमाडौं कतार एयरको नियमित उडानबाट मगलबार साँझ ५ जना, बुधबार ९ र बिहिबार १० जना सहित २४ जना स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारले उद्धार प्रक्रियालाई छिटोछरितो गर्ने जनाए पनि दैनिक औसत १५ देखि २० जनामात्र आइरहेका छन् । काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपालीहरुलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको मन्त्रालयले जनाएको छ ।
आगमनपश्चात कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसअघि नै अफगानिस्तानको विभिन्न क्षेत्रमा १ हजार ५ सय भन्दा बढी नेपाली रहेको जनाए पनि हालसम्म लगभग आधा मात्र नेपालीलाई उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्