लगानी कोष र आरोग्य डाइग्नोस्टिक सेन्टरबीच सम्झौता «

लगानी कोष र आरोग्य डाइग्नोस्टिक सेन्टरबीच सम्झौता

नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरबीच सम्झौत भएको छ ।
कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमरुमा सहभागी र उनीहरुका परिवारहरुको स्वास्थ परीक्षणमा छुट दिने सो सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोस्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा.राजेश देवले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, कामु नायव निर्देशक रोशनजंग कार्की, उपनिर्देशक अमृतबहादुर अधिकारी उपस्थित थिए ।
सो सेन्टरमा कोषका कर्मचारी र उनीहरुको परिवारका सदस्यलाई ल्याव सेवामा ३० प्रतिशत, दसैं तिहारमा ल्याव सेवामा ४० प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउण्ड र इसिजीमा २०÷२० प्रतिशत, माइनर अपरेशनमा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, वर्षमा एक पटक फूलबडी परीक्षणमा ५५.५६ प्रतिशत र मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा विशेष छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्