नारायणी अस्पतालमा स्वचालित अक्सिजन प्लान्ट

वीरगन्जको नारायाणी अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी र पर्साक्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तवले अक्सिजन प्लान्टको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
कोरोनाको सम्भावित तेस्रो लहरको जोखिमलाई ख्याल गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीको पितासमेत रहेका उद्योगी तथा समाजसेवी स्वर्गीय चिरन्जीवीलाल सरावगीको स्मृमिमा सांसद श्रीवास्तवको संसदीय विकास कोषबाट सो प्लान्ट निर्माण गरिएको हो ।
पर्सा क्षेत्र नम्बरका सांसद विमलपसाद श्रीवास्तवको ‘स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम’ अन्तर्गतको संसदीय विकास कोषबाट १ अर्ब ५० करोड र वीरगन्ज महानगरपालिकाको ५० लाखको लागतमा अक्सिजन उत्पादन प्लाण्ट निर्माण सम्पन्न भएको हो ।
नारायाणी अस्पतालमा वीरगन्ज उद्योग वाणिज्य संघको सहयोगमा ३० शै्याको बालबालिकाको सघन उपचार कक्ष निर्माण गरेको छ । अक्सिजन आपूर्तिका लागि भने सूर्या नेपाल, नेपाल फार्मस्युटिकल्स, अग्नी समूहलगायतका दाताहरूको सहयोगमा अक्सिजन पाइपलाइन, विद्युत् आपूर्तिलगायतका सामग्रीको व्यावस्था भएको छ ।
पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट उच्च जोखिममा परेको वीरगन्जमा सम्भावित तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गरिएको हो । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीको पितासमेत रहेका उद्योगी एवं समाजसेवी स्वर्गीय चिरन्जीवीलाल सरावगीको स्मृतिमा उक्त अक्सिजन प्लाण्ट स्थापना गरिएको छ । अक्सिजन प्लान्ट स्थापनाको उदघाटन भएपछि अब नारायणी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ ।
कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तवले पर्सेली नागरिक तथा अन्य विभिन्न स्थानबाट आउने नागरिकको ज्यान जोगाउनकै लागि आपूmले नारायणी अस्पतालमा बजेट छुट्याएको बताए । महानगर पमुख सरावगीले कोभिड–१९ को दोस्रो महामारीमा वीरगन्जलगायत पूरै देशमा नै प्राणवायु अक्सिजनको अभावले नै धेरै जनाले अल्पायुमै ज्यान गुमाएको र आउने दिनमा कुनै पनि नागरिकले अक्सिजनकै अभावमा ज्यान गुमाउन नपरोस् भनेर नारायणी अस्पतालमा स्वचालित अक्सिजन पलान्टको स्थापना गरिएको सरावगीले बताए । व्यवस्थापनमा अस्पताल प्रशासनले लाग्नुपर्ने सरावगीको जोड थियो ।
उनले आफूले १४ वटै स्थानीय पालिकालाई नारायाणी अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय पालिका मिलेर कोष स्थापनाका लागि प्रस्ताव गरिएको र वीरगन्ज महानगरपालिकाले कोषमा ४० लाख बजेटसमेत छुट्याइएको जानकारी दिँदै अन्य पालिकाबाट चासो नदेखाएको बताए । मानवीय कुरामा जबसम्म जनप्रतिनिधिले साथ र सहयोग दिँदैन तबसम्म जनतालाई न्याय नहुने बताउँदै उनले जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।
अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट २४ घण्टामा ४० किलोको १०४ वटा सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ । यसले अब नारायणी अस्पतालमा सामान्य अवस्थामा अक्सिजनको सिलिण्डर बोकेर ल्याउनुपर्ने झण्झटको अन्त्य भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले बताए । उनले कोभिड–१९ को संक्रमण तीव्र फैलिएर असमान्य अवस्था नआउँदासम्म नारायणी अस्पतालमा अब अक्सिजनको अभाव नहुने बताए ।