आँखा अस्पतालमा २४ सै घण्टा सेवा «

आँखा अस्पतालमा २४ सै घण्टा सेवा

धनकुटा – स्थापना भएको ४ वर्षपछि धनकुटामा सञ्चालित डा. राम प्रसाद पोखरेल आँखा अस्पतालले २४ घण्टा सेवा सञ्चालनमा ल्याएको छ । नेत्र ज्योती संघ धनकुटाले सञ्चालन गरेको यो अस्पताल २०७१ साल मंसिरमा स्थापना भएको थियो ।
पूर्विपहाडी जिल्लासहित अन्य स्थानका बिरामीलाई सेवा दिन खोलिएको अस्पतालले माघबाट २४ सै घण्टा प्रभावकारी रुपमा आँखा उपचार सेवा सञ्चालनमा ल्याएको नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष दोर्णप्रसाद गुरागार्इंले जानकारी दिए । उनले भने, “स्रोतसाधनको अभावका कारण हामीले २४ सै घण्टा सेवा सञ्चालन गर्न सकेका थिएनौं, तर अब भने २४ सै घण्टा आँखाको उपचार गर्न सम्भव भएको छ ।” यसअघि अस्पतालले बिहान १० बजेदेखि ३ बजेसम्म आँखा उपचार सेवा सञ्चालन गर्दै आएको थियो । अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि बिहान १० देखि २ बजेसम्म आँखा उपचार सेवा प्रदान गर्ने प्रचारप्रसार समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिए ।
अस्पतालबाट उपलब्ध हुने सेवालाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि साधन स्रोतसम्पन्न बनाउन विभिन्न निकायमा पहल भइरहेको राईको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्