सातामा १ अर्ब ५४ करोडको सेयर कारोबार «

सातामा १ अर्ब ५४ करोडको सेयर कारोबार

धितोपत्र बजारमा यस साता १ अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता सेयर कारोबार भएको छ । कारोबार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दूले घटेर एक हजार १७२.७७ बिन्दुमा पुगेको छ ।
साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक ८ दशमलव ६० विन्दूले घटेर १ हजार १७९ दशमलव १७ बिन्दूमा झरेको थियो । उक्त दिन कूल १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता सेयर ३६ करोड ४५ लाख ३८ हजार ७३६ मूल्यमा खरिद बिक्री भए ।
यस्तै साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १०.८६ बिन्दूले घटेर एक हजार १६८.०६ बिन्दुमा झ-यो । कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता सेयर ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भए । त्यस्तै साताको तेस्रो दिन कारोबार मापक नेप्से परिसूचक ०.७८ बिन्दुले बढेर १ हजार १६८.८३ बिन्दुमा पुग्यो । सो दिन कूल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता सेयर २९ करोड २२ लाख १४ हजार ३४५ मूल्यमा खरिद बिक्री भए ।
गत बुधबार कारोबार मापक नेप्से परिसूचक ४.१५ बिन्दूले बढेर १ हजार १७२.९८ बिन्दूमा पुग्यो । उक्त दिन कूल १६३ कम्पनीको १० लाख २ हजार १०७ कित्ता सेयर २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भए ।
यस्तै साताको अन्तिम दिन कारोबार मापक नेप्से परिसूचक ०.२ बिन्दुले घटेर एक हजार १७२.७८ बिन्दुमा पुगेर बजार बन्द भयो । सो दिन कूल १५८ कम्पनीको आठ लाख ७४ हजार ८४ कित्ता सेयर २६ करोड ८८ लाख ६५ हजार ८०९ मूल्यमा खरीद बिक्री भए ।

प्रतिक्रिया दिनुहोस्