‘सटडाउन’को समयमा अमेरिकाले गुमायो ६ अर्ब डलर «

‘सटडाउन’को समयमा अमेरिकाले गुमायो ६ अर्ब डलर

वासिङटन-हालसम्मकै लामो आंशिक सरकारी बन्दमा अमेरिकी अर्थतन्त्रले ६ अर्ब डलर गुमाएको एस एन्ड पी ग्लोबल रेटिङले जनाएको छ ।
आंशिक बन्दको समयमा उत्पादकत्वमा आएको हस र गुमेको आर्थिक गतिविधिका कारण यो क्षति भएको हो । अमेरिकी आंशिक बन्द शुक्रबार ३५ औं दिनमा गएर अन्त्य भएको रोयटर्सले जनाएको छ ।
बन्दको समयमा झन्डै ८ लाख संघिय कर्मचारी बिना तलबको बिदामा बस्न वा बिना तलबमा काम गर्न बाध्य भएका थिए ।
२२ डिसेम्बरमा सुरु भएको यो सटडाउन अमेरिकी इतिहासकै लामो हो । अमेरिकी राष्ट्रपतिले बजेट पेश गर्दाको समयमा अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन ५.७ अर्ब डलरको माग गरेको र सिनेटले उक्त प्रस्ताव अस्वीकृत गरेपछि यो सटडाउन सुरु भएको थियो ।
ट्रम्पले शुक्रबार राती तीन हप्ते कोष विद्येयकमा हस्ताक्षर गरेपछि सटडाउनको अन्त्य भएको थियो । यो हस्ताक्षरपछि पनि सीमा पर्खालको विषयलाई पैसा उपलव्ध गराउने प्रस्ताव पारित भएको छैन ।
अस्थाइ अवधि पुरा भएपछि पनि यदी आपूmूले राम्रो सम्झौता गर्न नसकेमा सरकार फेरी बन्द हुने चेतावनी ट्रम्पले दिएका छन् ।
ट्रम्पले पर्खाल लगाउनका लागि कंग्रेसलाई पाखा लगाउन राष्ट्रिय आपतकालको घोषणा गर्ने चेतावनी समेत दिएका छन् । यो कदममा कानुनी चुनौती आउन सक्ने बताइएको छ ।
“उनको सटडाउनको अन्त्य भएपनि क्यापिटल हिलमा हुने मसिना सम्झौताले व्यवसायीक मनोबल र वित्तीय बजारको मनोबलमा प्रभाव पार्न सक्ने छ,”एस एन्ड पीले आफ्नो समाचाार विज्ञप्तिमा जनाएको छ ।
ट्रम्पका वरिष्ठ आर्थिक सल्लाहकार ल्यारी कुडलोले यसै सातको सुरुमा आपूmले सटडाउनले अमेरिकी अर्थतन्त्रमा लामो अवधिका लागि क्षति पु¥याउने अपेक्षा नगरेको बताएका थिए ।
“जब सरकार पुनः खुल्छ र मोलमलाई गर्नका लागि म याहाँ हुन्न, म अनुमान लगाउने स्थितिमा हुन्न । यो राष्ट्रपतिमा निर्भर रहन्छ,” कुडलोले पत्रकारहरुलाई बताए ।

प्रतिक्रिया दिनुहोस्