यी हतियारको आडमा अमेरिकालाई पछि पार्दैछ चीन
बेइजिङ-आफ्नो आन्तरिक गतिरोध तथा छिमेकी देससँग समय–समयमा हुने गरेको तनावका कारण चीनले १९९० को सुरुवातमा आफ्नो सेना पीएलएलाई आधुनिकिकरण गर्न सुरु गरेको थियो ।
राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले आफ्नो सेनामा बहुत धेरै लगानी गरेको छ र हाल यो विश्वकै सर्वाधिक सैन्य सक्तिको मुलुक बन्ने होडमा अगाडि बढेको छ ।
अमेरिकी रक्षा विभागको गुप्तचर एजेन्सीको ताजा रिपोर्टले भनेको छ,“चीनको आर्थिक विकासमा केही गिरावट देखिएका छ । तर यो मुलुकले सेनाको आधुनिकिकरणका लागि पञ्च वर्षिय योजनाका अनुसार ठूलो अनुपातमा लगानी गरेको छ ।”
“आफ्नो सेनालाई फरक–फरक मोर्चामा बलियो बनाउनका लागि चीनले कैयौ किसिमका आधुनिक हतियारलाई आफ्नो सेनामा समावेश गरेको छ । केही मामिलामा त चीनले राम्रै उपलव्धि समेत हासिल गरेको छ ।”
के छन् त चिनियाँ सेनाको विशेषता ?
नौसेनाका सर्वाधिक सक्तिशाली हतियार
गत वर्ष डिसेम्बरमा सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरिएको थियो । उक्त तस्बिरमा युद्धमा प्रयोग हुने चीनको नौसेनाको सर्वाधिक आधुनिक हतियार देखाइएको थिया । यसको माध्यमबाट हाइपरसोनिक गतीबाट हमला गर्न सकिन्छ ।
पानी जहाजमा तैनाथ यो आधुनिक रेलगनको माध्यबाट २.५ किलोमिटर प्रतिसेकेन्डको रफ्तारमा २०० किलोमिटरसम्मको दुरीलाई निशाना बनाउन सकिन्छ ।
सीएनबीसीको एक रिपोर्ट अनुसार यो हतियारलाई २०२५ सम्ममा युद्धमा समावेश गर्न सकिन्छ । रुस र इरान पनि यस किसिमको हतियार बनाउनका लागि जुटेका छन् । तर चीनले भने यी मुलुकको तुलनामा ठूलै सफलता हासिल गरेको छ ।
हाइपरसोनिक हतियार
२०१८ मा चीनले एक हाइपरसोनिक विमानको परिक्षणको चर्चा गरेको थियो । साउथ चाइना मर्निङ पोष्टका अनुसार यो विमान कुनै पनि किसिमको मिसाइल डिफेन्स सिस्टमलाई तोड्नका लागि सक्षम छ ।
वेवराइडर एक यस्तो किसिमको विमान हो जुन वायुमण्डलमा उड्दाको समयमा सकवेबको प्रयोग गर्छ । यो सकवेब त्यतीबेला उत्पन्न हुन्छ, जब विमान उचाइमा पुगेर तीव्र गतीमा उडान भर्छ ।
परिक्षणको समयमा सिनकोङ–२ नाम दिइएको चिनियाँ वेबराइडर ३० किलोमिटरको उचाइमा पुगेको थियो । उक्त समयमा यसको गती ७.३४४४ किमि प्रति घन्टा थियो ।
रुस पनि हाइपरसोनिक हतियारमा काम गरिरहेको छ ।
साउथ चाइना मर्निङ पोष्टले लेखेको छ,“पूर्ण रुपमा विकसित वेबराइडर युद्धको समयमा कुनै पनि किसिमको एन्टी मिसाइल डिफेन्सलाई तोड्न सक्षम रहेको छ ।”
चीनको ‘मदर अफ अल बम’
गत महिना चीनले एक नयाँ किसिमको हवाई बमबाट विश्वलाई आश्चर्यमा पारेको थियो । यसलाई मदर अफ अल बमको चिनियाँ संस्करणको रुपमा हेरिएको छ । यद्यपि यो बमको बारेमा हाल धेरै जानकारी दिइएको छैन ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो चीनको सर्वाधिक ठूलो गैर परमाणु बम हो । यो यती ठूलो छ कि एच–६ को बम्बरले एक पटकमा एउटै बम मात्रै लैजान सक्छ ।