खाद्य कम्पनीले दसैंमा तीन हजार खसीबोका ल्याउने «

खाद्य कम्पनीले दसैंमा तीन हजार खसीबोका ल्याउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले आगामी दसैंलाई लक्षित गरेर तीन हजार खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको छ । दसैंमा खसीबोकाको खपत बढी भई निजी क्षेत्रबाट मनपरी मूल्य लिएर उपभोक्ता ठगिन सक्ने भन्दै कम्पनीले बजार मूल्य नियन्त्रण गर्नका लागि खसीबोका खरिद गर्न लागेको हो ।
दसैंका लागि १ हजार ६ सय खसीबोका र १ हजार ४ सय च्यांग्रा ल्याउने तयारी गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । यसका लागि ६ करोड रुपैयाँ छुट्याइएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले विगतका वर्षहरुमा दाङ, हेटौंडा, नेपालगञ्जलगायत स्थानबाट खसीबोका ल्याउने गरेको थियो । कम्पनीले बजार मूल्यभन्दा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्