नेपाल एसबिआई बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट «

नेपाल एसबिआई बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट

नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आईक्यान) द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको छ । उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेवापत आइक्यानले बैंकलाई प्रदान गरेको हो ।
कार्यक्रममा आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माद्वारा नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई प्रदान गरिएको हो ।
नेपाल एसबिआई बैंकले ८८ शाखा, ज्ञढ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय ६ शाखा रहित बैंकिङ सेवा तथा १ कर्पोरेट अफिस गरी १२६ आउटलेटहरुका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्