बाढी पीडितलाई ग्लोबल आइएमई बैंकको सहयोग «

बाढी पीडितलाई ग्लोबल आइएमई बैंकको सहयोग

ग्लोबल आइएमई बैंकले नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम क्षेत्रका बाढी पीडितलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबार बिहीन भएकाहरुको जीवनयापनमा सहज गराउन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो राहत सामग्री वितरण गरेको जनाएको छ ।
बैंकले विपतबाट प्रभावित नवलपरासीको रामग्राम नगरपालिका–१८ पम्फापुरका १३५ घरपरिवारलाई प्रति घरधुरी दैनिक उपभोग्य सामग्री वितरण गरेको हो । बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरु भुमही र परासीको संयोजकत्वमा उक्तराहत सामग्रीहरु वितरण गरिएको हो ।
बैंकको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता तथा रामग्राम नगरपालिका–१८ का वडाअध्यक्ष गोपाल डिस्वा मगरको रोहवरमा राहत सामग्रीहरु पम्फापुरमा घरपरिवारलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्