वर्षदिनमा ८४ नेपालीले ज्यान गुमाए यूएईमा

खाडी मुलुकमध्ये नेपाली रोजगारदाताका लागि यूएई बढी सुरक्षित मानिन्छ । वैदेशिक रोजगारका लागि आकर्षक देशका रुपमा विगतमा साउदी अरब, कतार मानिँदै आए पनि विगत केही समययता यूएई जाने बढेका छन् । यूएईमा प्रवेशमा सहजता र सरल वातावरण भएका कारण दैनिक यूएई जाने क्रममा वृद्धि भएको छ ।
यूएईमा नेपाली कामदारहरुको जनसंख्या आधिकारिक सरकारी तथ्यांक नभए पनि लगभग २ लाख ५० हजारको हाराहारीमा रहेको अनुमान गरिन्छ । रोजगार भिषामा भन्दा भिजिट भिषामा आउनेहरुको संख्या ह्वात्तै बढ्न थालेको स्थानीय सञ्चारकर्मी लालबहादुर ढेंगाले जानकारी दिएका छन् । ब्लड नाताका आफन्त पर्नेहरुको भिजिट भिषालाई कानुनी वैधानिक रूप दिनका लागि नेपाली राजदूतावास अबुधावीमा मासिक ४ सयदेखि ५०० सयसम्म सिफारिस लिने दूतावासका आवेदन दिने गरिएको छ ।
सन् २०१७ मा विदेशी भूमिमा आएर रोजगारीका क्रममा ८४ जना नेपालीहरुले ज्यान गुमाउन पुगेका छन्, जसमा ७६ जना पुरुष छन् भने ८ जना महिला छन् ।