कालोधन लुकाउन मिडियामा लगानी बढ्यो : मुख्यमन्त्री पोखरेल «

कालोधन लुकाउन मिडियामा लगानी बढ्यो : मुख्यमन्त्री पोखरेल

अर्घाखाँची-प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले व्यावसायिक लगानीको रूपमा मिडियामा लगानी बढिरहेको बताउँदै दृश्य र अदृश्य रूपमा कमाएको सम्पत्ति सुरक्षित गर्नका लागि मिडियामा लगानी गर्नेको संख्या बढेको बताए ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ को आयोजना अर्घाखाँचीको जलुकेमा स्वर्गिय पत्रकार कृष्णसेन इच्छुकको भग्नावशेष घरमा शुक्रबारदेखि सुरु भएको प्रदेशस्तरीय दुई दिने सञ्चार सम्मेलनको उद्दघाटन गर्दै पोख्रेललले पत्रकार महासंघले नेपालका कुनकुन लगानीकर्ता रातारात धनी भए र कसरी मिडिया हाउस सञ्चालन गरे भनी खोजअनुसन्धान गर्न आग्रह गरे । वामपन्थी सरकारले प्रेसलाई रोक्नका लागि कानुन पास गराएको भन्नु नमिलेको बताउँदै पत्रकार महासंघले नबुझी वामपन्थी सरकारको विरोध गरेको बताए । जनता र राष्ट्रले पत्रकार महासंघ सही सूचनाका पक्षमा लाग्नका लागि अपेक्षा गरेको बताउँदै नेपालमा गणतन्त्र आएपछि सुरु भएको देवानी फौजदारी संहितामा वामपन्थी सरकारलाई आरोप लगाउनुभन्दा यो संहितामा सबै राजनीतिक दल समेटिएको बताए ।
उनले कालोधन लुकाउन मिडियामा लगानी गर्नेक्रम बढेको बताउँदै मिडियामा लगानी गर्ने र निष्पक्षताबाहिर रहेर आलोचना गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न पत्रकार महासंघले बहस चलाउनुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए । मुख्यमन्त्री पोखरेलले पत्रकारसहित कृष्णसेन इच्छुकको नाममा जलुकेमा संग्रालय बनाउन सकिने बताउदै प्रदेश सरकारले प्रदेशको प्रमुख पहाडी सडक कृष्णसेनकै नाममा स्थापना गरेको बताए । उनले प्रदेश सरकार विकासका खाकामा अगाडी बढेको बताए । उनले प्रदेश सरकारले कृषि पेशलाई मध्यनजर गर्दै कृषिमा लगानी बढाउने बताए । अलपत्र परेको नौमुरे जलविद्युत् सञ्चालनमा आएपछि अर्घाखाँची, प्युठान पर्यटनमा विकसित, कपिलवस्तु, दाङ सिँचाइमा सम्पन्न हुने बताउँदै नौमेरे सञ्चालनका लागि प्रदेश सरकार अगाडि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्