ट्रम्पले फोन गरेर २ मिनेटमै हटाए भारतले लगाएको मोटरसाइकल कर «

ट्रम्पले फोन गरेर २ मिनेटमै हटाए भारतले लगाएको मोटरसाइकल कर

वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्ले डेभिडसन मोटरसाइकलको आयातमा शुल्क आधा गर्ने विषयमा आफूले भारतसँग उचित सम्झौता गरेको बताएका छन् । तर, अमेरिकी ह्विस्कीमा लाग्ने उच्च शुल्कसँग भने उनी खुसी दछैनन् । गत वर्ष भारतले मोटरसाइकलमा लागेको भन्सार आधा गरेको उनले बताए । यो एक उचित सम्झौता भएको उनले बताए । तर, अमेरिकन ह्विस्कीमा भारतले उच्च शुल्क लगाएको थियो ।
बिहीबार ह्वाइट हाउसमा आयोजित भएको रेसिप्रोकल ट्रेड एक्ट कार्यक्रममा ट्रम्पले एक हरियो रङको कलर बोर्ड देखाएका थिए, जसमा विभिन्न मुलुकको गैररेसिप्रोकाल भन्सारको उदाहरण थियो ।
राष्ट्रपतिले भनेका छन्, “मोटरसाइलकको एक उदाहरणका रूपमा हेर्ने हो भने यो भारतमा १०० प्रतिशत थियो । मैले यो घटाएर ५० प्रतिशतमा ल्याएको छु । यसका लागि मलाई केवल २ मिनेट मात्रै कुराकानी गर्नुपरेको थियो । यो अभैm पनि ५० प्रतिशत छ । जबकि अमेरिकामा आयात गर्ने मोटरसाइकलमा २.४ प्रतिशत मात्रै कर छ । यसका अतिरिक्त यो अभैm पनि सही सम्झौता हो ।”

प्रतिक्रिया दिनुहोस्