नदीको छालले कालिपुल बस्तीमा क्षति «

नदीको छालले कालिपुल बस्तीमा क्षति

म्याग्दी सदरमुकाम बेनीको कालिपुलस्थित कालिगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा पानीको छालसँंगै आएको बाढीले तीन जना घाइते भएका छन् ।
पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालिगण्डकी नदीमा पहिरो खस्दा बेनी नगरपालिका–८ मा कालिगण्डकी नदी किनारमा रहेको कालिपुल बजारमा छालसहितको बाढीले आठ घरमा क्षति पु¥याएको छ । राति २ बजेतिर पारिपट्टीबाट खसेको पहिरोले नदीको पानी छाल र बाढी भएर बजारतर्फ आएपछि आठ घरमा क्षति पु¥याएको कालिपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले जानकारी दिए । बाढीले घरहरू भत्कँदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते भएका छन् । उनीहरूलाई स्थानीयबासीले उद्धार गरी उपचारका लागि बेनी अस्पतालमा लगिएको छ ।
उनीहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ । पहिरो खस्ने क्रम नरोकिएको र थप जोखिम रहेकाले पुरानो कालिपुल बजारका ३० घर जोखिममा रहेको टोल सुधार समितिका संयोजक पुनले बताए । मध्यरातमा अविरल वर्षासंँगै ठूलो आवाजमा पहिरो खसेपछि स्थानीयबासी भागदौड गरेर कालिपुलको माथिल्लो भागमा पुगेका थिए । स्थानीयबासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए ।
पहिरोसँंगै घरभित्रै नदीको बाढी आयो, वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानमा सा¥र्यौ, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम रहेको स्थानीयबासी सुरेश पुनले भने । उनका अनुसार, बजारमा आएको छालले घरसँंगै शौचालय, बाथरुम, खानेपानीलगायतमा समेत क्षति पु¥याएको छ । छालले नदी नियन्त्रणका लागि पर्खालमा लगाइएको फलामको तारबारसमेत पूर्णरूपमा भत्काएको छ । पहिरो खस्ने क्रम रोकिएको छैन । पर्वतको जलजला गाउँपालिकाको वडा नम्बर २ र ३ बस्ने बौरबासी पैदलयात्रा गर्ने बाटो, खानेपानी पाइप र विद्युत्मा क्षति पु¥याएको छ ।
यसैबीच पहिरो र बाढीको चपेटामा परेको कालिपुल क्षेत्रको अवस्थाका बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् । भूकम्प पश्चात म्याग्दीमा पहिरो र पहिरोले नदी थुनिने क्रमले जनधनको क्षति बढ्दै गएको छ । बेनी नगरपालिका, नेकपा एमाले म्याग्दीलगायतले बाढी पीडितलाई राहत वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्