Logo

आईपे रेमिटको टिकटक च्यालेन्ज प्रतियोगिता

नेपालमा रेमिटेन्स् भित्र्याउन अब्बल स्थानमा रहेको आईपे रेमिटले हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ । भदौ १४ गते बाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले आईपे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने छ ।
२४ गतेसम्म सञ्चालन हुने टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत २० हजार रुपैयाँ बम्पर नगद उपहार जित्ने कम्पनीले जनाएको छ । साथै यस च्यालेन्जमा सहभागी हुनेमध्ये दैनिक ५ जनाले लक्की ड्रमार्फत ५०० को टपअप पाउने बताइएको छ । त्यसैगरी सर्वाधिक लाइक आएको कुनै एक प्रत्योगीले नगद पुरस्कार १० हजार जित्ने मौका पाउनेछन् ।
मलेशिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट रकम ल्याइरहेको आईपे रेमिटले रियल टाइम एकाउन्ट डिपोजिट सुविधा साथै नेपालभर रहेका आफ्ना भुक्तानी काउण्टरबाट सुविधा दिँदै आएको छ

प्रतिक्रिया दिनुहोस्