पर्यटकीयस्थलमा पदमार्ग निर्माण «

पर्यटकीयस्थलमा पदमार्ग निर्माण


अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ्ग–तातोपानी कुण्ड म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचिति छ । धौलागिरि आइसफल पदमार्गमा पर्ने भुरुङ्ग तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाडाबाट हिमाल, पहाडी भूगोल, वनजंगलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।
अन्नपूर्ण गाउँपालिकाले भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हुँदै बराहगुफादेखि मुन्द्रा चढाउने डाँडासम्म पदमार्गसँगै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको छ । धौलागिरि आइसफल पदमार्गमा पर्ने भुरुङ्ग तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाँडासमुन्द्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ । यहाँबाट धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छे«, मनास्लुलगायत २० भन्दा बढी हिमश्रृंखला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, वनजङ्गलको मनमोहक दृश्य अवलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिका २ का वडाअध्यक्ष ओमप्रकाश फगामीले बताए ।
मान्द्रेढुङ्गादेखि मुन्द्रा चढाउने डाडामा जाने बाटोमा पर्ने विभिन्न भाडावर्तन, पंक्षी, जनावरका आकृति अवलोकन गर्न सकिन्छ । नजिकै झरना पनि रहेको बराह गुफाको धार्मिक महत्वसमेत छ । मगल संस्कृति अनुसार जनै पूर्णिमाको अवसमार पुर्जाआजा गरेमा मागेको इच्छा पूरा हुने स्थानीयको जनविश्वास रहेको छ । जहाँ झरनासँगै रहेको गुफामा वडाले पूर्वाधार निर्माण गरेको छ ।
मुन्द्रा चढाउने डाँडालाई नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न गाउँपालिकाले विनियोजन गरेको दश लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको छ । अप्ठ्यारो, उकालो र साँघुरो ठाउँमा ढुङ्गाको सिँढी तथा तेर्सो ठाउँमा बाटो खनेर पदमार्ग बनाइएको वडाअध्यक्ष फगामीले जानकारी दिए । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको सात लाख रुर्पयाँ सहयोगमा बेरोजगार युवालाई परिचालन गरेर भुरुङ–तातोपानीको सिंगारेढुङ्गादेखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिकाभित्र विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको पुनहिल घोडेपानी, माहेरेडाँडा, रुप्से झरनालगायतका प्रसिद्ध पर्यटकीयस्थल रहेका छन् । भने गाउँपालिको लुकेर रहेका विभिन्न मनमोहक दृष्य अवलोकन गर्न सकिने पहाडका टाकुरा, प्राकृतिक तातोपानीका कुण्डहरु, वनजंगल, तालतलैया, जडिबुटी, झरनाहरुलाई संरक्षण तथा पूर्वाधार निर्माणमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्