Logo

दोषीलाई कारबाही तथा सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मी सडकमा


दोषीलाई कारबाही तथा सुरक्षाको माग गदै स्वास्थ्यकर्मीहरू सडकमा आएका छन् । स्वास्थ्य कर्मीहरूले सोमवार घोराहीमा प्रर्दशन समेत गरेका छन् । नेपाल चिकीत्सक संघको अगुवाइमा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरूले दोषीलाई कारवाहीमा माग गदै प्रर्दशन गरेका हुन् ।
प्रदर्शनमा घोराही तथा तुलसीपुर क्षेत्रमा रहेका स्वास्थ्य कर्मीहरूको सहभागिता थियो ।
गएको शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु विनोद सिंहलाइ मोसो दलेको विरोध गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरूले प्रर्दशन गरेका हुन । सवै स्वास्थ्यकमीहरू सडकमा निस्केपछि अहिले जिल्लाका अस्पताल तथा स्वास्थ्य स्थाहरूमा आकस्मिक बाहेकका सवै स्वास्थ्य सेवा ठप्प छन् ।
दोषीलाई पक्राउ गरेर कारवाही नगर्दा सम्म आफूहरूको आन्दोलन जारी रहने स्वास्थ्य कर्मीहरूको भनाइ छ । अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परीयारको नेतृत्वको समुहले मेसु सिंहलाई कालोमोसो दलेका थिए । अहिले सम्म स्थानिय प्रशासनले पक्राउ गर्न सकेको छैन् । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक बाट प्लेकार्ड सहित सुरु भएको ¥याली, हस्पिटल रोड, गणेशमन्दिर रोड, बैक रोड, दामोदर रोड, न्युरोड, तुलसीपुर चोक हुदै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, घोराही उप महानगरपालिका रोड हुँदै सहिद गेटमा पुगेर कोण सभामा परिर्णत भएको थियो ।
¥यालीमा सहभागीले ‘वी वान्ट जस्टिस, स्वास्थ्य कर्मीलाइ काम गर्ने वातावरण बतावरण सृजना गर्नु पर्ने, स्वास्थ्य संस्थामा हुने हमला वन्द गर, सुरक्षाको ग्यारेन्टी नहुँदासम्म काममा फर्कदैन लगाएतका नारा लगाएका थिए । कोण सभामा बोल्ने सहभागीहरूले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा प्रवेश गरी दिन दहाडै मेसु सिंहमाथि मोसो दल्नुले सबै स्वास्थ्यकर्मीको अपमान भएको तथा सुरक्षा चुनौती थपिएको बताएका थिए । उनीहरूले यस्तो अवस्थामा काम गर्ने वातावरण नहुने भन्दै दोषीलाई कारबाही गरी कानुनी राज्यको प्रत्याभूत गराउन माग गरेका थिए ।

कोण सभामा बोल्दै नेपाल चिकित्सक संघ दाङका उपाध्यक्ष डा किशोर खत्रीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु विनोद सिंहमाथि भएको प्रहार सम्पुर्ण स्वास्थ्यकर्मीहरू माथिका आक्रमण भएको बताए । ‘यो आक्रमण एउटा व्यक्ति मात्र नभइ सम्पूर्ण स्वास्थ्य कर्मीमार्थिको आक्रमण हो,’ उनले भने । दोषीलाई पक्राउ गरेर कानुनअनुसार कारबाही हुनुपर्ने उनले बताए । ‘हाम्रो माग दोषीलाई कानुनी उपचार हुनुपर्छ,’ डा खत्रीले भने । दोषीलाई पक्राउ गरेर कारबाही नहुँदासम्म आफुहरूको आन्दोलन जारी राख्ने उनले बताए ।
डा ओम अर्यालले दोेषीलाई ३ दिनसम्म पक्राउ गर्न नसक्नु दुखको कुरा भएको बताए । स्वास्थ्यकर्मीहरूको सोझोपनको फाइदा उठाउने गरेको बताए । ‘सोझोपनको फाइदा उठाउन खोजेमा हामी चुप लागेर बस्दैनऊ’ डा. अर्यालले भने ।
राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितीका अध्यक्ष पदम न्यौपाने स्वास्थ्य जस्तो संवेदन शिल क्षेत्रमा यस प्रकारको कार्य हुनु दुखद् रहेको बताए । ‘स्वास्थ्य क्षेत्रमा अमर्यादित कार्य भएको छ,’ उनले भने । यस प्रकारको कार्य गर्न दोषीलाइ पक्राउ गरेर प्रशासनले कारवाही गर्नुपर्ने उनको भनाइ छ । स्वास्थ्य कर्मीहरूलाई सुरक्षितसँग काम गर्ने बातावरण वनाउनु पर्ने उनले बताए । ‘स्वास्थ्यकर्मीहरूलाई सुरक्षाको प्रत्याभूति हुनुपर्छ,’ अध्यक्ष न्यौपानेले भने ।
दोषी व्यक्तिले राप्ती प्रादेशिक अस्पताललाइ बिभिन्न आरोप लगाएको उनले बताए । ‘अस्पताललाई विभिन्न लालछना लगाइएको छ त्यस प्रकारको कार्य हुनुहँुदैछ’ अध्यक्ष न्यौपानेले भने । कोणसभाको सहजीकरण संघका महासचिव डा बीपी भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्