जनसेवीको ४३९प्रतिशतले नाफामा बृद्धि «

जनसेवीको ४३९प्रतिशतले नाफामा बृद्धि

काठमाडौं-पर्वतको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७५ पुस मसान्त सम्ममा ७९ लाख २५ हजार नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोही अवधिमा रु १८ लाख ०१ हजार,७ सय ८७ नाफा गरेकोमा यस बर्ष ४३९ प्रतिशतले नाफामा बृद्धि गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।
यस वित्तीय संस्थाको कोषमा हाल ४३ लाख १० हजार ५५ रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी १२.५१ रहेको छ । यस वित्तीय संस्थाले सर्वसाधारणका लागी ४करोड ६३लाख ३० हजार रुपैयाँ बराबरको शेयर निस्कासन गर्नेका लागी धितोपत्र बोर्डमा स्वीकृतीका लागी निवेदन दर्ता गरी प्रक्रिया अगाडी वढीसकेको बताइएको छ ।
वित्तीय संस्थाको कार्यक्षेत्र १० जिल्ला (पर्वत, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गोरखा, तनहुं, लमजुङ, कास्की र गुल्मी) बाट २५ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरी रहेको छ । हाल यस वित्तीय संस्थाको अधिकृत पुँजी ३० करोड, जारी पुँजी १४ करोड ४३ लाख ३० हजार र चुक्ता पुँजी ९ करोड ८० लाख रहेको छ । यस वित्तीय संस्थाले गरिब तथा न्यून आय भएको जनसमुदायमा समूह विस्तार गरी १३ हजार २ सय ४ जना ग्राहक सदस्यबाट २०७५ पुस मसान्तसम्म १५ करोड ४८ लाख ८८ हजार रुपैया बचत संकलन गरेको छ ।
वित्तीय संस्थाले ७ हजार ४ सय ६८ जना सदस्यलाई १ अर्ब ६० करोड, ५ लाख, १९ हजार रुपैया कर्जा प्रवाह गरी १ अर्ब ८ करोड, ७५ लाख १८ हजार. असुली भई हाल ५१ करोड, ३० लाख,१ हजार रुपैया लगानीमा रहेको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्