म्यानहन्टका प्रतियोगीद्वारा डाबर नेपालको नर्सरी भ्रमण «

म्यानहन्टका प्रतियोगीद्वारा डाबर नेपालको नर्सरी भ्रमण

काठमाडौं- प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल, २०१९ को उपाधिका लागि भिड्दै गरेका १५ जना प्रतियोगीले माघ ८ गते डाबर नेपालको बनेपास्थित नर्सरी भ्रमण गरेका छन् । यो भ्रमणमा प्रतियोगीहरूले ग्रिन हाउसभित्रको कामका साथै डाबर नेपालले गर्दै आएको सामाजिक कार्यका बारेमा पनि जानकारी लिए ।
डाबर नेपालको नर्सरीका प्रमुख डा. पङ्कज राठुरीले डाबर नेपालले इको प्रणालीलाई संरक्षण र कायम गर्नका लागि विलुप्त हुन लागेका र दुर्लभ वनस्पतिहरूको खेती कसरी हुन्छ भन्ने जानकारी प्रदान गरे ।
दुर्लभ तथा विलुप्त हुन लागेका औषधिजन्य बोटबिरुवाको संरक्षण गर्नका लागि डाबर नेपालले चालेको कदमका विषयमा पनि प्रतियोगीहरूले ग्रिनहाउस सुविधाबाट जानकारी लिए । उनीहरूले वनजङ्गल नाश हुनबाट बचाउन आफ्नो पनि योगदान दिँदै डाबर नेपालद्वारा संरक्षित बालकुमारी सामुदायिक वन क्षेत्रमा रूखहरू वृक्षारोपण गरेको कम्पनीले जनाएको छ ।
उक्त अपसरमा डाबर नेपालका बजार व्यवस्थापन तथा बिक्री–वितरण प्रमुख उपेन्द्र प्रधानले भने, “देशका युवालाई प्रकृति र प्राकृतिक जीवको संरक्षणका बारेमा जानकारी दिन पाउँदा हामी हर्षित छौँ । एक शताब्दीभन्दा बढीको समयदेखि नै डाबरका उत्पादनहरू आयुर्वेदसँग जोडिँदै आएका छन् । यसका कारण स्वास्थ्य, सौन्दर्य र आयुर्वेदकाविशेषताहरू संसारभरि फैलिँदै आएका छन् । आजकायुवाहरू भोलिका कर्णधार हुन् । यसरी यी प्रतियोगीहरूलाई जानकारी दिँदा भोलिके दिनमा वातावरणप्रति सचेत र सजग हुँदा उनीहरूले सकारात्मक कदम चाल्न सक्छन् ।’
ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका प्रमुख अनुप सक्सेनाले डाबर नेपाललाई धन्यवाद दिँदै उक्त अपसरमा भने, “प्रतियोगीहरूले संरक्षणका विषयमा र डाबर नेपालले समाजका लागि पुर्याएको योगदानका बारेमा राम्रो जानकारी पाएको कुरामा म विश्वस्त छु ।”
डाबर नेपाल समाज, वातावरण, खेलकुद, शिक्षा, संस्कृति, संरचना, स्वास्थ्य, सफाइ, र संरक्षणका विषयमा सजग छ । नेपालमा बलियो पहिचान स्थापित गर्न सफल डाबर प्राकृतिक, हर्बल र शुद्धताको परिपूरक पनि हो ।
विगत २५ वर्षदेखि डाबरको प्रगति अकासिँदो छ । डाबर नेपालकै प्रोस्टाइल उत्पादनले प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल, २०१९ आयोजना गरेको हो । यसको ग्रान्ड फिनाले माघ १८ गते हुन गइरहेको छ र यसको प्रत्यक्ष प्रसारण कान्तिपुर एच.डी. टेलिभिजनमा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्