शरीरभित्रको ग्यास निरीक्षण गर्ने ‘सेन्सर पिल’ «

शरीरभित्रको ग्यास निरीक्षण गर्ने ‘सेन्सर पिल’

ललितपुर मंगलबार बजारनजिकको एक स्वास्थ्य क्लिनिकमा एक ‘ग्यास्ट्रलजिस्ट’सँग न्हुन्छेमान महर्जन भन्दै थिए । ‘डाक्टर साब! खै के भो ? के भो? था छैन? नखाए पनि घाँटी पोल्ने, खाए पनि घाँटी पोल्ने । साह्रै भो बा’
ती ग्यास्ट्रलजिस्टका अनुसार अहिले ग्यास अहिले स्वास्थ्यका लागि ठूलो समस्या बनेर आएको छ । नियमित खानपानको ठेकान हुँदैन् । शुद्ध आहार विहारको समस्या छ । त्यसैले ग्यास बन्ने गर्छ । चिकित्सकका लागि ग्यास बन्ने समस्याको उचित निगरानी भए उपचार धेरै सहज र फलदायी हुने गरेको सम्बद्ध विज्ञको भनाइ छ । चिकित्सकको यो समस्या समाधान गर्न केही वर्ष यतादेखि विकसित उन्नत प्रविधिको उपयो गरी अनुसन्धानकर्ताहरू सक्रिय रही आएका छन् । यस्ता सक्रिय अनुसन्धानकर्ताहरूको एक टोलीले शरीरभित्रको ग्यासलाई निगरानी गर्ने एक क्रान्तिकारी डिभाइसको विकास गरेका छन् । यो डिभाइसले मानिसको शरीरभित्र पुगेर वास्तविक समयमा मानिसको शरीरभित्रको ग्यासको निगरानी गर्ने गर्छ ।
सेन्सरसहितको यो क्याप्सुलको आकार भिटामिनको चक्की जत्रो छ । यो सेन्सर पिल शरीरभित्र निलिएपछि शरीरभित्रको ग्यासको मापन गर्न थाल्छ । अनुसन्धानकर्ताहरूले जनाएअनुसार यो रोगको रोकथाम र निदानमा अविश्वसनीय परिवर्तन ल्याउनेछ । उनीहरू भन्छन्, “यो ग्यास्ट्रइन्टेस्टाइन्स्टिनल डिजअर्डरका निदानका लागि गेम चेन्जर हुनेछ ।” अनुसन्धान टोलीका अनुसार यो ‘सेन्सर पिल’ले अहार नलीको हाइड्रोजन, कार्बनडाइअक्साइड र अक्सिजनको मात्राको मापन गर्नसक्छ ।
यो सेन्सर पिलले प्राप्त गरेको जानकारी स्मार्टफोन एपमा पठाइन्छ । यो अध्ययन विधिको परीक्षण कार्य हालै पूरा भएको छ । यो सेन्सर पिलले विगतमा शरीरभित्रको रोगप्रतिरोधी संयन्त्रको पहिचान गर्छ । यो त्यो संयन्त्र हो जसले अहार नलीमा आक्रमणकारीहरूसँग लड्न एक अक्सिडाइजरको प्रयोग गरी पेटले गर्ने गर्छ । आरएमआईटी युनिभर्सिटीका प्रोफेसर कुरोश कालान्तर जदेह भन्छन्, “पेटले रसायनहरूलाई अक्सिडाइजिंग गरिरहेको शरीर बाहिरका यौगिकहरूलाई कुट्ने गरी पेटमा रहन दिन सक्रियता देखाउने गरेको हामीले अध्ययनबाट फेला पारेका छौं ।”
यो शरीरभित्र बाह्य किटाणु विषाणुविरूद्ध लड्ने ग्यास्ट्रिक प्रोटेक्शन सिस्टमलाई दर्शाउँछ । यस किसिमको रोग प्रतिरोधी संयन्त्र कहिले फेला नपरेको उनीहरू बताउँछन् । पहिलो पटक कोलोनमा अक्सिजनको उपस्थिति सम्भव हुने खुलासा यो सिस्टमबाट भएको छ । परीक्षण अध्ययनबाट उच्च फाइबरयुक्त खानाका बेला कोलोनमा अक्सिजनको सघनता उच्च हुने गरेको पाइयो । कोलोन सदैव अक्सिजनमुक्त हुने गरेको पुरानो मान्यतालाई यसले खण्डन गरेको छ ।
यसका साथै कोलोन क्यान्सरजस्ता रोग कसरी उत्पन्न हुन्छ त्यसलाई राम्ररी बुझ्न सहयोग गर्न सक्छ । यो नयाँ डिभाइसले मानिसको अहार नलीभित्रका गतिविधिलाई सुरक्षित एवं अझ बढी प्रभावशाली ढंगबाट निगरानी राख्न सकिने विज्ञहरूको भनाइ छ । यसअघि अहार नलीका माइक्रोब्सको व्याख्या गर्न र नमुना लिन सर्जरी गर्नुपरेको अनुसन्धानकर्ताका अगुवाले जनाए । तर यो विधिबाट आहार नलीको माइक्रोबाटाको उचित र सही मापन गर्छ भन्ने होइन् ।
अनुसन्धानकर्ताहरूले निर्माण गरेको सेन्सर पिलले सहज तरिकाले माइक्रोबायोम (सूक्ष्म–सूक्ष्म जन्तु)को शरीरभित्र हुने गतिविधिको अध्ययन गर्न सक्ने विश्वास दिलाएका हुन् । यो स्वस्थ्य साथ व्यक्तिहरूको शरीरभित्र गरिएको अध्ययन हो । यो डिभाइसले खानाले जन्माउने सूक्ष्म जीवको गतिविधिको अधययन ग¥यो । यो विधिले शरीरभित्रको सूक्ष्म–सूक्ष्म जीवहरूको अध्ययन प्रभावशाली ढंगले गर्न सक्ने उनीहरूको विश्वास छ । परीक्षण अध्ययनबाट यो क्याप्सुल अन्य अध्ययनबाट सुरक्षित रहेको डा. काइल बेरेनिले बताए । यो सेन्सर पिलले शरीरभित्र खानाबाट निस्कने पोषण तत्वहरूको गलत शोषणबाट कोलन क्यान्सर हुने सूक्ष्म प्रक्रियाको अध्ययन गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्