टाटाको ‘प्रिमियम सफारी’ बजारमा «

टाटाको ‘प्रिमियम सफारी’ बजारमा

नेपाली बजारमा ‘अल न्यु सफारी’ सार्वजनिक भएको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘प्रिमियम सफारी’ सार्वजनिक गरेको हो । नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारीको गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।
ओमेगा आर्किटेक्चरमा निर्मित सुविख्यात ज्यागुअर ल्यान्डरोभरको प्लाटफर्ममा निर्मित गाडी हो । उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा ‘फरेभर रेञ्ज’का गाडीहरुको तीन आधार स्तम्भहरु रहेको कम्पनीले उल्लेख गरेको छ ।
२.० लिटरको टर्बोचार्ज्ड काइरोटेक इन्जिन भएको उक्त गाडीमा सहरको बाटो, एक्सप्रेस वे वा विकट क्षेत्रका कच्ची सडकहरुमा नयाँ र रोमाञ्चका अनुभवका साथ यात्रा गर्न सकिन्छ । सफारीको अधिकतम पावर ३७ सय ५० आरपीएममा १७० पीएस र ३५० एनएम टर्क जेनेरेट गर्छ ।
गाडीमा म्याजिस्टिक प्यानोरोमी रुफ, यासवुड फिनिस्ड ड्यासबोर्डसहित ओइस्तर सेतो रंग भएको भित्री भाग र अत्याधुनिक ८.८ इन्चको फ्लोटिड आइसल्यान्ड इन्फोटेन्मेन्ट सिस्टम जडित रहेको छ । बीएस ६ इन्जिन रहेको गाडीको क्षमता १९ सय ५६ सीसी रहेको छ। ४ सिलिन्डर रहेको गाडीमा ६ स्पिड अटोमेटिक र म्यानुअल ट्रान्समिसन रहेको छ। सिप्रदी टे«डिङले २ वटा एडिसनमा ९ वटा मोडल नेपालमा उपलब्ध हुने जानकारी दिएको छ । सफारीमा ४६ सय ६१ एमएम, चौडाइ १८ सय ९४ र उचाइ १७ सय ८६ एमएम रहेको छ । गाडीमा ह्विल बेस २७ सय ४१ एमएम रहेको छ ।
गाडीमा बुट स्पेस ४४७ लिटर रहेको छ। गाडीमा फ्युल ट्यांक ५० लिटरको रहेको छ। सफारीको एक्स जेट र एक्जेटए प्लस भेरियन्टमा ६ सिटर रहेका अरु सबै भेरियन्टमा ७ सिटर हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्