डिजिटल एकेडेमी ब्याम्बिनोस डट लाइभ नेपालमा सुरू «

डिजिटल एकेडेमी ब्याम्बिनोस डट लाइभ नेपालमा सुरू

एक्सपलोरर विङ्ग्सले ब्याम्बिनोस डट लाइभसँग सम्झौता गरेर नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय व्यवहारिक शिक्षा प्रदान गर्न सुरु गरेको छ । यसमा सार्वजनिक रुपमा वक्तृत्वकला, रचनात्मक लेखन, अबाकस, कला, संगीत, नैतिक शिक्षा, फिटनेस शिक्षा जस्ता विद्यार्थीहरूलाई लक्षित गरेर सयभन्दा बढी कोर्सहरु समावेश गरिएको छ ।
ब्याम्बिनोस डट लाइभ सन् २०२० मा अतिरिक्त शिक्षाका लागि स्थापना गरिएको डिजिटल एकेडेमी हो । यो डिजिटल एकेडेमी ३ देखि १५ वर्ष सम्मको बालबालिकालाई केन्द्रित गरेर विकास गरिएको छ । कोभिड–१९ को महामारीको कारणले बालबालकाबीच अन्तक्र्रिया नहुने हुँदा यो वैकल्पिक माध्यम प्रभावकारी हुने जनाइएको छ ।
धेरैजसो राम्रो विद्यालयहरुले अतिरिक्त शिक्षामा ध्यान दिन थालेका छन् तर धेरै निजी तथा सार्वजनिक विद्यालयहरु यो पक्षमा अझै पनि कमजोर रहेको पाइएको छ । किताबी ज्ञानले मात्रै अहिलेको कठिन समयमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले व्यवहारिक ज्ञानको पाठ्यक्रम विकास गरिएको हो । कम्पनीले सयभन्दा बढी प्रोग्रामहरु राखेको छ जसमा पाठ्यक्रमको शिक्षालाई सहयोग पुग्ने अतिरिक्त तर अत्यावश्यक विषयहरुलाई समेटेको छ ।
यस प्लेटफर्मले विश्वकै राम्रो, गुणस्तरीय कन्टेन्ट र शिक्षकहरु उपलब्ध गराइरहेको छ । इ–लर्निङको यस प्लाटफर्मले विद्यार्थीहरुलाई विषय विज्ञ व्यक्तिहरुबाट अध्ययनको मौका प्रदान गर्छ । विद्यालय तथा विद्यालय भन्दा बाहिर पनि राम्रो प्रस्तुति दिन मद्दत पु¥याउँछ ।
यस डिजिटल एकेडेमीले ३ देखि १५ वर्ष सम्मका बालबालिकालाई स्कुल पछिको क्रियाकलाप जस्तै ट्युसन, अतिरिक्त क्रियाकलाप, आफ्नो रुचीहरु पूरा गर्नलाई अझै सघाउने बताइएको छ । डिजिटल एकेडेमीमा विद्यार्थीहरु लाइभमानै साथी र शिक्षकसँग अन्तक्र्रिया गर्न सक्दछन् जसले पठनपाठनलाई अझै सहज बनाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्