नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता «

नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता

नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत फाइनान्सका ग्राहकले नेपाल एसबिआई बैंकमार्फत लेटर अफक्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टीलगायतका सुविधा उपलब्ध गर्न सक्नेछन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठबीच सम्झौता आदान प्रदान भएको हो ।

प्रतिक्रिया दिनुहोस्