ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना

ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
मोबाइल बैंकिङ एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको जनाएको छ ।
यस क्यासब्याक योजनाअन्तर्गत भदौ २१ र कुशे औंशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा‘गिफ्ट टु फादर’ लेखेर क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत वा तीन सय रुपैयाँसम्म क्यास ब्याक पाइने बताइएको छ ।
यसैगरी भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट÷क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत वा पाँच सय रुपैयाँसम्म क्यासब्याक फिर्ता पाइने छ ।
क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई प्राथमिकता दिने भएको छ । बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पीओएस वा इकममार्फत तीन हजार वा सो भन्दा बढीको भुक्तानीमा तीन सय रुपैयाँ क्यासब्याक फिर्ता पाउने बैंकले जनाएको छ । महिला ग्राहकलाई लक्षित यो योजना भदौ १६ देखि ३१ गतेसम्म सञ्चालन हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।