चिनियाँ कम्पनीले ल्यायो जेरोफोन «

चिनियाँ कम्पनीले ल्यायो जेरोफोन

तपाईंले कुनै मोबाइल फोन किन्नु भयो भने के छ छैन हेर्न खोज्नु हुन्छ ? संगीत बढी रूचाउने हुनुहुन्छ भने ‘हेड फोन ज्याक’ छिराउने प्वाल खोज्नु हुन्छ, हैन र? बिक्रेताले त्यसको प्वालै छैन भने पछि तपाईंको प्रतिक्रिया के हुन्छ ? तपाईंका आँखा अचम्भित हुन्छन् । कुनै बेला ‘हेड फोन ज्याक’ नभएकोे स्मार्टफोन एप्पलले ल्याएपछि उपभोक्ताहरू छक्क परेका थिए ।
अहिले चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी मेइजुले आइफोन निमार्ता कम्पनी एप्पललाई पछि पार्दै ‘प्वालै नभएको स्मार्टफोन’ उपलब्ध गराउने भएको छ । यो मोबाइल फोनमा कुनै प्वाल छैन । यो जेरो नाम दिएको फोनमा चार्ज गर्ने कुनै प्वाल छैन । चार्ज गर्नमात्र होइन यो डिभाइसका विभिन्न फिचरहरूका लागि जोड्नका लागि कुनै प्वाल छैन । मेइजुको यो जेरो फोनको स्क्रिन ५.९९ इन्चको छ । यो स्क्रिन एमओएलईडी प्रविधिमा तयार गरिएको छ ।
प्वालै नभएको स्मार्टफोन जेरोमा कुनै किसिमको बटन पनि छैन । यो मोबाइल बिना कुनै पोर्ट र बटनको बनेको छ । यो स्मार्टफोनको बिक्री हुने मुख्य विशेषता नै कुनै प्वाल नहुनु हो । यतिमात्र कहाँ हो र यसमा सिम कार्ड राख्न सीम कार्डको सानो कोठा पनि छैन । कुनै प्वाल नभएको यो स्मार्टफोन सञ्चालनका लागि मेइजुले ‘एमसाउन्ड २.० स्क्रिन साउन्ड’ प्रविधिको प्रयोग गरेको छ । यो प्रविधि अहिलेसम्मकै नयाँ मानिएको मेइजुले दाबी गरेको हो । यो डिभाइसको मूल्य कति हुने र यो आम उपभोक्ताका लागि अमेरिकामा कहिल्यै उपलब्ध हुने त्यसबारे कुनै निश्चित छैन ।
यो डिभाइस सिमित संख्यामा चीनमा उपलब्ध हुनेछ । इन्टरनेट विधिबाट सञ्चालन हुन सक्ने ‘इसिम टेक्नलजि’को प्रयोग गर्ने स्थानीय ध्वजवाहक कम्पनीका आधारमा यो सेवा उपलब्ध गराइने छ । मेइजु जेरो विश्वको पहिलो प्वाल नभएको स्मार्टफोन हो र यो स्मार्टफोन सर्वाधिक जटिल र शाक्तिशाली डिभाइस भएको मेइजुले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेको छ । यो वास्तवमै कुनै प्वाल नभएको स्मार्टफोन हो । तपार्इंले यो फोन किन्न सक्नुहुन्छ । कन्ट्रोल बटन पनि यसमा नभएको मेइजुले जनाएको छ ।
यो मोबाइल फोन वास्तवमा कसरी काम गर्छ अझ स्पस्ट हुन बाँकी छ । पिक्सफोनमा ‘एक्टिभ एज’ फिचरजस्तो यो काम गर्छ । यसलाई सक्रिय बनाउन गुगल असिस्टयान्ट हो । २ करोड पिक्सलकोे फेस रिकगनिसन लेन्स अगाडिको क्यामरामा छ । फिंगरप्रिन्ट रिडर फोनलाई अनलक गर्न पनि छ ।
सिम कार्ड राख्ने ठाउँ यसमा छैन् । यसको ठाउँमा ‘इसिम टेक्नलजी’को प्रयोग गरिएको छ । सिम कार्ड यो प्रविधिमा जडान गरिएको छ । जेरो फोन वायरलेस प्रविधिबाट चार्ज हुन्छ । यो डिभाइस पानीले प्रभावित नहुने खालको ‘वाटरप्रुफ’ डिभाइस हो । वाटरप्रुफ रेटिंगको आधारमा यो डिभाइस आइपी६८ रेटिंगको साथमा बनाइएको छ । मेइजुले जनाएअनुसार यो फोन ब्लुटुथ ५.० र वायरलेस युइएसबी कनेक्टिभिटी छ । यो यूएसबी ३.० भन्दा पनि तीव्रगतिमा काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्