दुर्गमका जनता महंँगीमा : खच्चडको भरमा खाद्यान्न ढुवानी «

दुर्गमका जनता महंँगीमा : खच्चडको भरमा खाद्यान्न ढुवानी


भौगोलिक विकटताले सडकको पहुँच नपुग्दा म्याग्दीको गुर्जामा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायम छ । संघीयताअनुसार धेरै गाउँमा स्थानीय तहले सडक पु¥याए पनि गुर्जामा पुग्न सकेको छैन् ।
जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जामा सडक सुविधा नपुग्दा खच्चडको भरमा पु¥याएको दैनिक खाद्यान्नका वस्तु खरिदमा चर्को मूल्य तिरेर खान बाध्य भएका छन् । दिनुहँ खाद्यान्नको मूल्य बजारमा बढिरहनु र बजारको चामल, नुन, तेललगायतका दैनिक प्रयोग हुने खाद्यान्न गाउँपालिकाको केन्द्र मुनादेखि चर्को शुल्क तिरेर खच्चडको भर ढुवानी गर्दा गुर्जाबासी दोब्वर मूल्यमा दैनिक उपभोग्य वस्तु उपभोग गर्दै आएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । सदरमुकाम बेनीदेखि गाउँपालिका केन्द्र मुनासम्म पुग्न सवारीसाधनमा ४ घण्टादेखि ७ घण्टासम्म लाग्छ ।
यातायातको सहज सुविधा नपुग्दा आर्थिक अवस्था र रोजगार नभएका परिवारलाई आयातित खाद्यान्न महँंगो मूल्यमा खान बाध्य गुर्जाका जनता रहेको अध्यक्ष छन्त्यालले बताए । सडक पहुँच गाउँपालिकाको वडा नम्बर २ मा आइपुगेको छ । तर बर्खायामको समयमा त्यहाँसम्म पनि सवारीसाधन आउँदैनन् । त्यहाँबाट पैदलयात्रामा गुर्जा आउन ७ घण्टादेखि ९ घण्टासम्म लाग्छ । खच्चडले गाउँपालिकाको केन्द्र मुनाबाट खाद्यान्न गुर्जाामा एकदिनमा पु¥याउँछ ।
खाद्यान्नमात्र होइन, कमजोर आर्थिक अवस्था भएका परिवारमा कोही बिरामी भए भने स्थानीयले बोकेर ल्याउनुपर्ने समस्या झनै बढी पीडादायी छ । सडक सञ्जाल नपुगेको ठाउँमा मात्र होइन, पुगेको ठाउँमा वर्षायामको समयमा खच्चडमा ढुवानी गर्न बाध्य रहेका छन् ।
गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर २ लुलाङमा संघ, प्रदेश, स्थानीय तहको पहलमा सडक पुग्न थालेको छ, भीर काट्नमात्र बाँकी छ । “लुलाङदेखि यहाँ लगभग एक सय किलोमिटर सडक आवश्यक छ, यो तत्काल सम्भव नुहँदा छन्त्याल जातिको बाहुल्य भएको गुर्जामा खाद्यान्न र सरकारी सुविधा लिन एक दिन हिँडेर गाउँपालिका पुग्नुपर्ने बाध्यता रहँदै आएको छ, तीन तहको सरकारले बजेट ध्यान दिएमा तीन, चार वर्षमा सडक पुग्ने सम्भावना छ, तर राजनीतिक दलको सरकार परिर्वतनको किचलोले यो पनि सम्भावना नरहेको वडाध्यक्ष छन्त्यालले बताए ।
बेनी नगरपालिका बाहेक गाउँपालिका अन्तर्गत मालिका, धवलागिरी, अन्नपूर्ण र रघुगंगामा विभिन्न दुर्गम गाउँमा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायमै छ । दुर्गम जनताको घरदैलोमा भएको समस्यालाई हेरेर तीन तहको सरकारले विकास निर्माण योजना र राज्यको सेवासुविधा विशेष सहुलियतको व्यवस्था र सेवा उपलब्ध गराउनमा ध्यान पुग्न आवश्यक छ भने गाउँगाउँमा सडक सुविधाले हिउँदमा सवारीसाधन र बर्खायाममा मात्र खच्चडले ढुवानी गर्न खोज्दा खच्चड व्यवसाय पनि लोपोन्मुख अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्